हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी

माछापुच्छ्रेको हिउँ खै?, के साँच्चै हिउँ घटेको हो?

दमक, माघ ८
के साँच्चै माछापुच्छ्रेको हिउँ घटेको हो?अहिले सामाजिक सञ्जालमा एउटै प्रश्नले चर्चा पाएको छ, माछापुच्छ्रेको हिउँ खै? यो विषय सबैको चासोमा परेको छ।

 

किनकि पछिल्लो समय हिमालय क्षेत्रका धेरै स्थानमा यो नै साझा समस्या बनिसकेको छ। नेपाल लगायत संसारभर बढिरहेको तापक्रमको असर हिमालयमा पनि परिरहेको छ। पोखरामा पुग्नेबित्तिकै आँखाअगाडि देखिने माछापुच्छ्रे हिमालको कालो पत्थरले धेरैलाई प्रश्न गर्न बाध्य बनाउँछ।

 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, विश्वको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ। यदि तापक्रम यो दरमा अझै बढ्दै गयो भने हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी दिइएको छ।नेपालको मौसम प्रणालीअनुसार मंसिरदेखि जाडोयाम सुरू हुन्छ।

 

यस समयमा माथिल्लो भेगमा हुस्सु र बादल लाग्ने, अनि चिसो बढेसँगै हिउँ पर्ने हुन्थ्यो। तर पछिल्ला वर्षहरूमा जाडो बढे पनि हिउँ नपर्नु वा कम समयका लागि पर्नु आम समस्या बनेको छ।

 

यसका साथै, हिउँ जम्ने समय (अडिने आयु) पनि घटिरहेको छ। विभिन्न अध्ययनहरूले मानवीय गतिविधि (एन्थ्रोपोजेनिक कारण) ले पनि हिउँको आयु घटाएको देखाएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।