हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी

माछापुच्छ्रेको हिउँ खै?, के साँच्चै हिउँ घटेको हो?

दमक, माघ ८
के साँच्चै माछापुच्छ्रेको हिउँ घटेको हो?अहिले सामाजिक सञ्जालमा एउटै प्रश्नले चर्चा पाएको छ, माछापुच्छ्रेको हिउँ खै? यो विषय सबैको चासोमा परेको छ।

 

किनकि पछिल्लो समय हिमालय क्षेत्रका धेरै स्थानमा यो नै साझा समस्या बनिसकेको छ। नेपाल लगायत संसारभर बढिरहेको तापक्रमको असर हिमालयमा पनि परिरहेको छ। पोखरामा पुग्नेबित्तिकै आँखाअगाडि देखिने माछापुच्छ्रे हिमालको कालो पत्थरले धेरैलाई प्रश्न गर्न बाध्य बनाउँछ।

 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, विश्वको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ। यदि तापक्रम यो दरमा अझै बढ्दै गयो भने हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी दिइएको छ।नेपालको मौसम प्रणालीअनुसार मंसिरदेखि जाडोयाम सुरू हुन्छ।

 

यस समयमा माथिल्लो भेगमा हुस्सु र बादल लाग्ने, अनि चिसो बढेसँगै हिउँ पर्ने हुन्थ्यो। तर पछिल्ला वर्षहरूमा जाडो बढे पनि हिउँ नपर्नु वा कम समयका लागि पर्नु आम समस्या बनेको छ।

 

यसका साथै, हिउँ जम्ने समय (अडिने आयु) पनि घटिरहेको छ। विभिन्न अध्ययनहरूले मानवीय गतिविधि (एन्थ्रोपोजेनिक कारण) ले पनि हिउँको आयु घटाएको देखाएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१