छ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात

चिया निर्यात ५५. ७० प्रतिशतले बढ्यो, दुई अर्ब ९६ करोडको कारोबार

दमक, माघ ८
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार साउन–पुस सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

 

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।

 

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ ।

 

गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ ।

 

यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१