"हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकार गम्भिर बन्नुपर्ने"

कोशी प्रदेश सभाः हात्तीको सास्ती रोक्न सांसदहरुको माग

बिराटनगर, माघ ८
कोसी प्रदेशसभामा बोल्ने सांसदहरूले हात्तीको समस्याको विषय उठान गरेका छन्। मंगलबार बसेको कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै सांसदहरूले पछिल्लो समय झापा, मोरङ र सुनसरी जिल्लामा हात्ती आतंकका कारण नागरिकले सास्ती पाएको बताएका हुन्।

 

प्रदेश सभासदस्य शोभा चेम्जोङले हात्तीको आक्रमणबाट दर्जनौँको मृत्यु र करोडौँको क्षति भएको जानकारी गराउनु भएको थियो , ‘एक महिनामा ३ जनाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो ‘पिउने पानी र खानाको लागि हात्ती बस्ती र गाउँमा आउन थालेपछि स्थानीयले जाग्राम बस्नुपर्ने बाध्यता छ।’

 

हात्ती आक्रमणबाट बच्न स्थानीय तह र स्थानीयलाई नै त्यसबारे जागरूक गराउने काममा प्रदेश सरकारले सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकार गम्भिर बन्नुपर्ने उहाँको माग रहेको थियो ।

 

यस्तै झापाका सांसद चिन्तन पाठकले हात्तीको समस्याको बारेमा लामो समयदेखि आवाज उठाउँदै आएको भए पनि सरकारले सम्बोधन गर्न नसकेको बताउनु भयो ।
‘अहिले पनि हात्ती आतंक छ, मानिसको ज्यानैसम्म लिने घटनाले जनता आतंकित भएका छन्,’ उहाँले भन्नुभयो ‘क्षति त लामो समयदेखि बेहोर्दै आएकै थिए, अहिले ज्यानै लिने खालको घटनाले जनता त्रसित छन्।’

 

Share: