हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकार गम्भिर बन्नुपर्ने

कोशी प्रदेश सभाः हात्तीको सास्ती रोक्न सांसदहरुको माग

बिराटनगर, माघ ८
कोसी प्रदेशसभामा बोल्ने सांसदहरूले हात्तीको समस्याको विषय उठान गरेका छन्। मंगलबार बसेको कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै सांसदहरूले पछिल्लो समय झापा, मोरङ र सुनसरी जिल्लामा हात्ती आतंकका कारण नागरिकले सास्ती पाएको बताएका हुन्।

 

प्रदेश सभासदस्य शोभा चेम्जोङले हात्तीको आक्रमणबाट दर्जनौँको मृत्यु र करोडौँको क्षति भएको जानकारी गराउनु भएको थियो , ‘एक महिनामा ३ जनाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो ‘पिउने पानी र खानाको लागि हात्ती बस्ती र गाउँमा आउन थालेपछि स्थानीयले जाग्राम बस्नुपर्ने बाध्यता छ।’

 

हात्ती आक्रमणबाट बच्न स्थानीय तह र स्थानीयलाई नै त्यसबारे जागरूक गराउने काममा प्रदेश सरकारले सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकार गम्भिर बन्नुपर्ने उहाँको माग रहेको थियो ।

 

यस्तै झापाका सांसद चिन्तन पाठकले हात्तीको समस्याको बारेमा लामो समयदेखि आवाज उठाउँदै आएको भए पनि सरकारले सम्बोधन गर्न नसकेको बताउनु भयो ।
‘अहिले पनि हात्ती आतंक छ, मानिसको ज्यानैसम्म लिने घटनाले जनता आतंकित भएका छन्,’ उहाँले भन्नुभयो ‘क्षति त लामो समयदेखि बेहोर्दै आएकै थिए, अहिले ज्यानै लिने खालको घटनाले जनता त्रसित छन्।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१