खैनीको प्याकेटमा लागु औषध लुकाइ कारोबार गर्ने महिला पक्राउ

दमक, माघ ९
खैनिको प्याकेट भित्र राखिएको प्रतिबन्धित लागु–औषध ब्राउन सुगर सहित झापामा एक महिला पक्राउ परेकी छिन ।

मेचीनगर नगरपालिका वडा न. १३ बस्ने बर्ष २५ की लुबी कामाइलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलिले निजको घरमा खानतलासी लिदा लुबी सुत्ने कोठाबाट खैनिको प्याकेट भित्र राखिएको प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लाष्टिक सहित भेटिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

लुबीको कोठाबाट ब्राउन सुगर प्लाष्टिक सहित ६३० मिलिग्राम, प्लाष्टिक बाहेक ४६० मिलिग्राम फेला परेको हो ।

 

पक्राउ गरीएका लागु औषध र महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारी राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१