चिसो बढेसँगै विद्यालयहरु बन्द हुनथाले

दमक, माघ १०
चिसो बढेपछि पूर्वीतराईका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्।यसै क्रममा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक, धार्मिक तथा निजी विद्यालयमा दुई दिन बिदा गरेका हुन्।

 

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय यी पालिकाहरुले गरेका छन् ।

 

अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिइएको जनाइएको छ ।

 

अहिले पूर्वि तराईका क्षेत्रमा अत्याधीक चिसो बढ्न थालेको छ । बिहान बाक्लो हुस्सु र शितलहर समेत पर्न थालेपछि बालबालिकाको स्वास्थ्यलाई मद्यनजगर गर्दै विद्यालय बन्द गराउने निर्णय भएका छन् ।

 

यो क्रम अझै बढेमा बिदाको अवधि अझै थप्न सकिने पालिकाका अधिकारीहरुले प्रतिकृया दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा