आकर्षक पर्यटक गन्तव्य

‘मेची आवास क्षेत्रको थप व्यवस्थापनमा विरोधाभासपूर्ण अवस्था’

दमक, माघ ११

कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले दमकमा व्यवस्थित विकासको क्रममा बनेको मेची आवास क्षेत्रलाई थप व्यवस्थित बनाउने योजनामा सघाउने बताउनु भएको छ ।

 

कोशीकै प्रभावकारी सहकारी संस्थाको रुपमा रहेको दमकस्थित मेची सहकारीले वडा नम्बर ४ मा खडा गरेको मेची आवास क्षेत्रमा शुक्रवार आयोजित निःशुल्क दन्त तथा आँखा शिविरको उद्घाटनका क्रममा सांसद थापाले त्यस्तो बताउनु भएको हो । उहाँले मानव स्वस्थ रहने कुरामा यसखाले शिविरको महत्व रहेको उल्लेख गर्दै योजनाबद्ध सहरका रुपमा विकास हुँदै गएको दमक क्षेत्रको विकासका लागि ठूला ठूला आयोजनाहरु अघि बढेको प्रसंग समेत उल्लेख गर्नुभयो ।

 

 

मेची आवास टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा, मेची आवास क्षेत्रको थप व्यवस्थापनमा मेची सहकारी र वडा कार्यालयको केही विरोधाभासपूर्ण अवस्था रहँदा बस्ती विकासमा केही समस्या भएको कार्यक्रममा उपस्थित स्थानीय हरि ढकालले भनाई राख्नु भयो ।

 

 

कार्यक्रमका अतिथि ४ नम्बर वडाध्यक्ष पुण्यप्रसाद दाहालले वडाभित्रको सो बस्तीको विकास र प्रवद्र्धनका लागि वडा कार्यालयको सधैं साथ र सहयोग हुने कुरामा दुईमत नहुने धारणा राख्नु भयो ।

 

मेची सहकारी इकाई ३ का संयोजक झसराज ढकालले मेची आवास क्षेत्र नेपालको मात्र नभएर विदेशमा रहने नेपालीहरुका लागि नमूना बस्ती बनेको उल्लेख गर्दै यसभित्रको व्यवस्थापनको बाँकी काम गर्दै लगिने बताउनु भयो ।

 

मेची सहकारीका सदस्य रहेकाहरुका लागि सो बस्तीमा ५७ घर निर्माण गरी अधिकांशलाई २० वर्षे किस्ताबन्दीमा घर प्रदान गरिएको छ । हालसम्मकै अवस्थामा पनि लहरै एउटै आकारप्रकार रुपरंगका ५ कोठे घर निर्माण भएर रमितलाग्दो बस्ती देखिएपनि त्यहाँ हल, खेलकुदस्थल, पार्कसहितको व्यवस्थापन बाँकी छ ।

बाँकी रहेका काम पुरा गराउन सम्बन्धित सरोकारवाला र सरकारी निकायसँग माग अगाडि बढाइरहेको मेची आवास टोल विकास संस्थाका अध्यक्ष मिलन आचार्यले उल्लेख गर्नुभयो । उहाँले आवास क्षेत्रको थप व्यवस्थापन गरी आकर्षक पर्यटक गन्तव्यका रुपमा समेत अघि बढाउने पहलमा समिति लागेको योजना सुनाउनु भयो ।

 

 

कार्यक्रममा, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, आमा डेन्टल केयर क्लिनिकका प्रमुख अर्जुन श्रेष्ठसहितले मेची आवास क्षेत्रको उन्नतीको कामना गर्दै स्वास्थ्य शिविरको उपयोगिताका बारेमा मन्तव्य व्यक्त गर्नुभयो ।

 

शिविर सहभागि स्थानीयले बस्तीमा विभिन्नखाले शिविर सञ्चालन हुँदा सहजता भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

आँखाका लागि विर्ताज्योति आँखा अस्पतालका डाक्टर मोति बरालको अगुवाईमा एलिजा ठाडामगर र दिपेश गुरागाईं तथा दाँतका लागि आमा डेन्टल केयर क्लिनिकका डाक्टर संगीता बराल र सविना राईले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । दाँतका विरामीका लागि आवश्यक औषधि आमा डेन्टल केयर स्वयम्‌ले र आँखाका लागि महावीर फार्मेसीका गौतम गुप्ताले सौजन्य गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१