प्रेस चौतारी झापाको अध्यक्ष बनेका प्रदिपले कसरी हाक्लान संगठन ?

दमक, माघ, १२
प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदिप दास परियार निर्विरोध चयन हुनु भएको छ । निवर्तमान उपाध्यक्ष समेत रहनु भएका परियार १० औ अधिवेशनबाट अध्यक्ष बन्नु भएको हो । गत मंसिर २८ गते सम्पन्न भएको पत्रकार महासघं झापाको सचिवमा समेत उहाँ निर्वाचित हुनु भएको थियो ।
चौतारीको साधारण सदस्य हुदै निरन्तर संगठनमा काम गर्नु भएका परियार अध्यक्ष बनेपछि यसलाई थप प्रभावकारी ढङगले अघि बढाउन आफुले योजना बनाएको सुनाउनु भयो ।

नेकपा एमालेको जनवर्गीय सघंठन समेत रहेको चौतारीले पार्टी  गतिविधिलाई जनतामाझ लैजान र पार्टी  सञ्चालन गरेका बिभिन्न अभियानलाई विश्लेषणात्मक र अन्तरकृयात्मक ढंगबाट अघि बढ्ने उहाँले बताउनु भयो ।

आगामी २२ गते स्थापना दिवस मनाएर आफ्‌नो पहिले कार्यकालको कार्यक्रमको सुरुवात गर्न लाग्नु भएका परियारले त्यस दिन विशेष  ढंगले आफ्‌नो प्रस्तुति देखाउने तयारी गरेको पनि बताउनु भयो ।

अग्रजहरुलाई सम्मान, अन्य संगठनमा आवद्ध भएका पत्रकारहरुलाई समेत सहभागी गराउँदै पत्रकार र पत्रकारिताको अहिलेको दर्दनाक अवस्था, चुनौती, अवसर तथा सम्भावना समेतलाई माथी उठाउन सामुहिक छलफल , पहल र प्रयास गर्दै अघि बढ्ने योजनामा आफु रहेको उहाँले सुनाउनु भयो ।

उहाँले यी योजनाका काम सम्पन्न गराउन आफ्‌नो पुरै टिमलाई परिचालन गर्ने बताउनु भयो । उहाँको टिममा शुक्रबारको अधिवेशनले उपाध्यक्षमा राजु पोखरेल र सुनिरा मैनाली, सचिवमा यूवराज आचार्य, सह–सचिवमा राम निरौला र तिलक योञ्जन साथै कोषाध्यक्षमा सरोज भट्टराई निर्विरोध निर्वाचीत गरेको छ ।

सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनियाँ, सोम मंग्राती, रविकिरण बान्तवा, कविचन्द्र गुरागाई र किशोर उपरकोटी समेत सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनको प्रमुख अतिथि चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा