पथरी, माघ १३
‘अनेकतामा एकता, मुन्धुमीहरूको मौलिकता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नम्बर ३ मा मुन्धुमी धार्मिक साँस्कृतिक कार्यक्रमको आइतबार उद्घाटन भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने साँस्कृतिक कार्यक्रमको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको हो ।
रोशन मादेनको अध्यक्षताको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, किरात राई यायोक्खा केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राई र धिमालहरुको अगुवा नेता बाङ्गाइ धिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा कलाकारहरुले साकेला नृत्य र केलाङ नृत्य प्रस्तुत गर्नुभएको थियो भने विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।









