पथरी शनिश्चरे २ मा गरिब रासन कार्ड वितरण

पथरी, माघ १५
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपना ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य अनुरुप पथरीशनिश्चरे २ का जनप्रतिनिधिले कार्यक्रम ल्याएका छन् ।

 

वडाध्यक्ष नैना राईको नेतृत्वसहितको जनप्रतिनिधिले वडावाट गरिव पहिचान गरि रासन कार्डको व्यवस्था गरेका छन् । वडाले गरिवी पहिचान गरि वडाका २० परिवारलाई रासन कार्ड वितरण गरेको हो । एक कार्यक्रमकाबीच वडामा रहेका अति विपन्न परिवारलाई सहायता हुने गरि रासन कार्ड सेवाको सुरुवात गरिएको छ ।

 

वडा अध्यक्ष राईका अनुुसार वडामा भएका वडा वासीबाट छनौट गरि २० परिवारलाई पहिलो चरणमा ५ देखि १५ केजी चामल प्रदान गर्न सुरु गरिएको हो ।
पहिलो चरणमा रासन कार्ड प्राप्त गर्ने परिवारले आउने असारसम्म मासिक रुपमा चामल प्राप्त गर्ने छन् । यो वर्षबाट वडाको बजेटमा रासन कार्ड कार्यक्रम व्यवस्था गरिएको हो । यो वर्ष १ लाख रुपयाँ वजेट वडाले छुट्याएको छ ।
कार्यक्रममा बोल्दै राईले भन्नुभयो ‘प्रधानमन्त्रीले लिएको सपना सुखी नेपाली समृद्ध नेपाल जुन अभियान छ, यो सपना वडाले समेत पुरा गराउने दायित्वका रुपमा कार्यक्रम ल्याइएको हो । आफ्‌नो वडाका कुनै पनि वडावासी भोकै नबसुन् भनेर रासन कार्डको व्यवस्था गरिएको छ । कहिले काहिँ चामल वाँढ्न राहातका कार्यक्रम वडाले गरेपनि यस वर्षबाट वडावासीको गाँस, वास र कपासको सुनिश्चितताका लागि रासन कार्डको कार्यक्रम ल्याइयो ।’
वडाको टोल विकास समितिले दिएका नामलाई जनप्रतिनिधिले घरमै गएर व्यक्ति छनोट गरेका थिए । अति विपन्न परिवारको पहिचानकालागि वडाले एक महिनाको समय लगाएको थियो । छनौट भएका परिवारलाई आर्थिक अवस्थाका आधारमा अरु वर्ष पनि निरन्तरता दिने वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।
पहिलो चरणमा चामल मात्र दिए पनि अरु वर्षबाट भनें दाल, चामल र अन्य आवश्यकीय सामग्री समेत वितरण गर्ने योजना वडाको रहेको छ । रासन कार्ड प्राप्त गर्ने परिवारले कार्ड वडाले निर्धारण गरेको पसलवाटमा वुझाएपछि तोकिएको खाध्यसामग्री प्राप्त गर्नेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु