तीन देश जोड्ने किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम सकियो

 

संखुवासभामा निर्माणाधीन छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको जोगवनी किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम सकिएको छ । उत्तरी क्षेत्रको च्याम्ताङदेखि घोङ्गोप्पासम्मको साढे १० किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै चीन–भारत नेपाल जोडिने भएको हो ।

 

 

राष्ट्रिय गौरवको जोगवनी किमाथाङ्का सडकको माघ १४ गते सोमबार ब्रेक थ्रु गरिने उत्तर दक्षिण कोशी सडक आयोजनामा प्रमुख इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिए । ब्रेक थ्रुपछि त्रिदेशीय लिङ्क रोडले चीन–भारत नेपाल जोडिने छ । च्याम्ताङ–घोङगोप्पाको करिव साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

 

 

ब्रेक थ्रु का लागि रक्षा मन्त्री मानवीर राई, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का यही माघ १४ संखुवासभा आउने उत्तर दक्षिण कोशी सडक आयोजनामा प्रमुख गुरुङले बताउनुभयो ।

 

 

भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिव साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

 

 

खाँदबारी–किमाथाङ्का १६२ किलोमिटर मध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।

 

उक्त सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । उत्तरी दक्षिण राजमार्ग अन्तरर्गत खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडकको भीर फुटाइसकेको सडक आयोजनाले जनाएको छ । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ ।

 

 

सो सडकले कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ । यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ ।

 

सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्कासडक आयोजनामा हालसम्म ५३ करोड बढी रुपैयाँ खर्च भइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा