दमक, माघ १८
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ६ महिनाको अवधिमा धेरै सुधारको काम गरेको बताउनु भएको छ । सरकारले विकासका कामलाई गति दिएको र नीतिगत सुधार गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षतर्फ अघि बढाइएको बढाएको बताउँदै भन्नु भयो ‘देश आर्थिक समृद्धितर्फ अघि बढेको छ, यद्यपी हामीले गर्न बाँकी काम धेरै छन् ।’
अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएको प्रधानमन्त्रीको भनाई छ।