निर्दयी आमाबाबु : प्रेम सम्बन्ध छुटाउन छोरीकै हत्या, हत्यापछि खाडलमा गाडियो

मोरङ माघ २०
सुन्दा पनि आङ जीरिङ हुन सक्छ । आफ्‌नै छोरीको प्रेम सम्बन्ध टुटाउन आफ्‌नै आबुवाले छोरीको हत्या सम्म गर्न सक्छन् भन्ने सुन्दा । तर घटना सत्य हो । र घटना कुनै विदेशको नभएर नेपालकै । नेपालको पनि कुनै दुर्गम जिल्ला वा शहरको नभएर देशकै शिक्षीत र चेतनशील समुदायको बसोबास हुने ठाउँको हो । ठाउँ हो मोरङको बिराटनगर ।

 

विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्त मिलेर चारफिट गहिरो खाडल खनेर शव गाडेको खुलेको छ । प्रेम सम्बन्धबाट छुटाउने नाममा बाबुआमा र मामली परिवार मिलेर यातना दिने क्रममा उनको मृत्यु भएपछि सबै मिलेर शव गायव गर्ने प्रयत्न भएको पाइएको हो । त्यस क्रममा उनीहरुले चाँदनीको शव मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेका थिए । उक्त शव प्रहरीले शुक्रबार उत्खनन् गरेर निकालेको थियो ।

 

चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवाआमाले मामाघर ल्याएका रहेछन् ।

 

ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको अनुसन्धनमा खटेको विराटनगर प्रहरीले जनाएको छ । अहिले मामाघरतर्फको पाँच र अन्य तीन गरि आठजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि ती प्रहरी अधिकारीले जानकारी दिनु भएको छ । मृतक चाँदनीकी आमा राजकुमारीकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

Share: