बारिस्ता सिकाएर युवाहरुलाई उद्यमी बनाउने पालिका सरकारको योजना कसरी होला पुरा ?

दमक, माघ २१
पछिल्लो समय बारिस्ता अर्थात कफि बनाउने तालीम लिन चाहने यूवाहरुको जमात बढिरहेको छ । गल्लि गल्लिमा कफिका क्याफेहरु खुल्ने र विदेशमा समेत कफि बनाउने सीप भएकाहरुले राम्रो अवसर पाउने भएपछि यसको तालीम लिन यूवाहरुको आकर्षण बढ्न थालेको हो ।

 

यूवा पुस्तामा देखिएको यो आकर्षणलाई ध्यानमा राख्दै दमकको वडा वडामा बारिस्ता सम्बन्धीको तालीमहरु सञ्चालन भइरहेका छन् । वडा कार्यालयहरुले आफ्‌नो वार्षिक कार्यक्रमनै बनाएर वडामा रहेका यूवाहरुलाई निशुल्क कफि बनाउने तालीम सिकाइ रहेका छन् ।

 

यही क्रममा दमक नगरपालिका वडा नं १ ले पनि कफि बनाउने तालीमको सुभारम्भ गरेको छ । वडाध्यक्ष हरि न्यौपानेले तालीमको उद्धघाटन गर्दै भन्नु भयो ‘ २० दिन सम्म सञ्चालन हुने यो तालीममा सहभागी भएकाहरुले कफि बनाउन जान्ने भएर आफ्‌नै ठाउँमा आय आर्जन गर्न सक्ने हुनुपर्छ । क्षमतावान बन्नुस त्यसमा थप सहयोग गर्न वडा फेरि तयार हुने छ । ’

सोमबार वडा कार्यालयमै भएको तालीमको उद्धघाटन कार्यक्रममा वडा सदस्य प्रकाश बुढाथोकीले वडामा रहेका यूवाहरुलाई सीपसग जोडेर आफ्‌नै ठाउँमा आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

३० जना सहभागी हुने यो तालीम सम्पन्न गर्न वडा कार्यालयले स्मार्ट सिप विकास तालीम केन्द्र दमक ६ संग समन्वय गरेको छ । तालीम केन्द्रका सञ्चालक तथा प्रशिक्षक फडिन्द्र दाहालले कफिको इतिहास सिकाउँदै बिभिन्न प्रकारका कफिहरु बनाउन प्रयोगात्मकरूपमा सिकाउने र दक्ष बनाएर मात्रै बाहिर निकाल्ने प्रतिवद्धता जनाउनु भयो ।

वडा नं १ को वार्षिक बजेट अनुसार २ लाख रुपैँयामा ३० जना यूवाहरुले कफि बनाउने तालीम लिन सुरु गरेका छन । यूवाहरुलाई सीपसङ्ग जोडेर आत्मनिर्भर गराउने वडाको योजना अन्तर्गत यसखाले कार्यक्रम सञ्चालन भएको वडा कार्यालयले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा