जब वडाअध्यक्ष जेसीबी लिएर अतिक्रमित खेलमैदान संरक्षणमा पुगे

पथरी, माघ २१
सोमबार बिहान पथरीशनिश्चरे वडा नम्वर २ का वडाअध्यक्ष नैना राई नगर प्रहरी र स्थानीय खेलप्रेमी सहित जेसीवी लिएर वडाको पूर्वी भेगमा पर्ने कालापानी पुग्नु भयो । उहाँ कुनै वाटो मर्मत गर्न जेसीवी लिएर पुग्नु भएको थिएन । स्थानीय खेलाडीले धेरै वर्ष प्रयोग गर्दै आएको खेल मैदान अतिक्रमण भएको र त्यसलाई साविककै अवस्थामा फर्काउन राई त्यहाँ पुग्नु भएको थियोे  ।

 

वडाको कालापानी नयाँ सुनझोडा  क्षेत्रमा २०४५ साल अघि भएको सार्वजनिक जग्गामा खेल मैदान थियो । स्थानीयवासीले खेलमैदान अतिक्रमण गर्दै खेती गर्न थालेपछि खेलमैदानको अस्तित्व संकटमा परेको थियो ।

 

प्रजातन्त्र पुनर्स्थापित पछि त खेलमैदान चरण क्षेत्र र खेतीवाली गर्ने खेतमा परिणत भएको थियो । सो खेलमैदान हराएको र त्यहाँ  खेलमैदान वन्नु पर्ने दृढ अठोट बोकेका वडाअध्यक्ष राईले सोमबार विहान भने ‘ब्रेकथ्रु’ नै गर्नुभयो । ‘जग्गा ऐलानी भएकोले सो खाली गर्न केही बल त प्रयोग गर्न नै पर्यो ’बडाअध्यक्ष राईले भन्नुभयो  ‘यो कार्यले यहाँका खेलाडीमा केही राहत भने भएको छ’ । यो मैदानको खोजी कार्य भने तत्कालै भएको हैन । वडा अध्यक्ष राईले यो कार्यकालागि करिब १वर्ष अध्ययन गरिएको र जग्गा सार्वजनिक भएको प्रमाणित भएपछि जेसीवी लिएर पुगेको जनाउनु भयो ।

 

अतिक्रमित भागलाई अस्थाइ बारबेर गरिएको छ भने सो भागको क्षेत्र जेसीवीले सम्याउने काम समेत सुरु गरिएको छ । स्थानीय खेलाडीले समेत अतिक्रमणमा परेको १० कट्ठा जग्गा वडाको स्वमित्वमा आउनु खुसीको अवस्था भएको वताउनु भयो । फुटबल खेलाडी सन्तोस न्यौपानेले कम्तिमा स्थानीय खेलाडीले सो ठाउमा मैदान प्रयोग गर्न पाउनु खुसीको कुरा भएको जनाउनु भयो ।

 

हिजो खेती गरेर कसैले व्याक्तिगत फाइदा लिएको सार्वजनिक जग्गामा केही महिनाभित्रमा क्रिकेट मैदान वनाउने योजना वडाअध्यक्ष राईको रहेको छ । क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भएपनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटबलका विभिन्न मैदान भएपनि क्रिकेटकालागि मैदान अभाव रहदै आएको छ । पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगिता फुटबल मैदानमै आयोजना हुदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सीएम कन्दङ्गवा कप र सात संस्करणमा विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिता सन्चालन भएका छ । यी सवै प्रतियोगिता मैदान अभावमै रोकिएका छ । कतिपय वडामा त क्रिकेट प्रशिक्षण गर्ने प्रशिक्षण स्थलको अभावमा खेलाडीले सास्ती भोगिरहेका छन् ।

 

तत्काल लम्वाई ७ सय मिटर र चौडाइ १२० मिटर रहने सो खेल मैदानकालागि पूर्वाधार विकास र अन्य प्राविधिक कार्य पछि थप व्यावस्थित बनाइन लागेको हो ।
शंकर बुढाथोकी संयोजक रहने गरि मैदान संरक्षण समिति समेत गठन गरिएको छ । पुरानो खेल मैदान फेरि खेल मैदानकै रुपमा फर्काउन वडाअध्यक्षले गरेको पहल सर्हानीय भएको स्थानियवासीले प्रतिक्रिया दिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो