हमासको नियन्त्रणबाट विपिन नफर्कनु कुटनैतिक कमजोरीनै हो त ? क–कसले गरिरहेका छन् पहल ?

दमक माघ २९
विगत १६ महिनादेखि हमासको नियन्त्रणमा रहेको ठानिएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाली अधिकारीहरूले पहल गरिरहेको बताए पनि कूटनीतिक क्षेत्रका जानकारहरूले सरकारी पहल प्रभावकारी नभएको टिप्पणी गरेका छन्।

 

इजरेलबाट प्रकाशित हुने ’जेरुसलेम पोस्ट’ले तान्जानिया, श्रीलङ्का र नेपालजस्ता देशहरूको ’कूटनीतिक पहुँच नपुगेका कारण’ ती देश आफ्ना नागरिक मुक्त गर्न पछि परेको टिप्पणी गरेको छ। इजरेलको सबैभन्दा पुरानो पत्रिकाले गाजामा बन्धक बनाइएका आफ्ना नागरिकहरू पत्ता लगाउन अमेरिकाजस्ता देशहरूले निगरानी गर्ने ड्रोनसहितका स्रोतसाधन इजरेललाई उपलब्ध गराएको सन्दर्भ पनि समाचारमा उल्लेख गरेको छ।इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित नेपाले आफ्नो कूटनीतिक सम्बन्ध भएका ठाउँहरूमा विपिन जोशीको रिहाइका लागि पहल गरिरहे पनि विपिनको अवस्था र रिहाइको योजनाबारे कुनै जवाफ नपाएको प्रतिकृया दिनुभएको छ ।

 

सरकारले आवश्यक सबै प्रयासहरू गरिरहेको छ तर अहिलेसम्म कुनै नयाँ विकासक्रम नभएको उहाँले सुनाउनुभयो । कतारका लागि पूर्वराजदूत रहेका भारद्वाज नेपालले कतारबाट सहयोगको धेरै अपेक्षा गरे पनि उसको कामको दायरा फराकिलो भएका कारण विपिन जोशीको रिहाइ कतारको प्राथमिकतामा नपरेको हुन सक्ने बताउनु भएको छ ।

 

यता परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेतले विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको बताउनु हुन्छ ।विपिन जोशीको सुरक्षा र शीघ्र रिहाइका लागि नेपालले सबै तहबाट निरन्तर कूटनीतिक पहल र प्रयत्न जारी राखेको छ र चाँडै नै रिहाइ हुनेमा विस्वस्त रहेको उहाँको भनाई छ ।

 

इजरेलका राजदूत पण्डितले पनि आफूले हालै मात्रै इजरेलमा रहेका ब्रिटिश, अमेरिकी र जर्मन राजदूतहरूसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा