दमक, माघ २९
अखिल नेपाल महिला सघंकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले समाजमा रहेका असङ्गिठत महिलाहरुलाई अनेम संघमा आवद्ध गराउन निर्देशन जारी गर्नु भएको छ ।
सोमबार झापाको दमकमा प्रदेशस्तरीय अन्तकृयार तथा छलफल कार्यक्रममा बोल्दै हमालले लामो समयदेखि नेकपा एमालेमा भोट हालेका तर कुनैपनि संगठमा नरहेका ती महिलाहरुलाई अनेमसङ्हमा ल्याउन टोलहरू कृयाशील बन्नु पर्ने उल्लेख गर्नु भएको हो ।
‘आमाको नामबाट नागरिकता बनाउन, महिला अधिकारका बारेमा सबैभन्दा बढी आवाज उठाउन र महिला हिंषामा परेकाहरुलाई न्यायलय पुर्याएर न्यायको अनुभूति दिलाउन नेपालमा अनेमसघं बाहेक कुन संगठन छ ? त्यसैले ती असङ्गिठत महिलाहरुलाई हाम्रो संगठनमा आवद्ध गराउनुहोस । ’ उहाँले भन्नू भयो ।
संघ कोशी प्रदेशले आयोजना गरेको अन्तृकया कार्यक्रममा अहिले पार्टिले चलाइएरहेको जरा अभियानमा पार्टिको तल्लो तहमा देखिएका समस्या र तीनको समाधानका बारेमा समेत चर्चा गरिएको थियो । खासगरी महिलाहरुलाई पार्टी र संगठनमा आकर्षण गर्न र पार्टी विरुद्ध भइरहेका गलत प्रचारका बारेमा शसक्त ढंगले प्रस्तुत हुने सन्दर्भमा समेत कार्यक्रममा छलफल भएको थियो । कोशी प्रदेशका अधिंकाश जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भएको कार्यक्रममा संगठनलाई कसरी जनतासग जोडेर काम गर्ने र जनताका मुद्धामा सहभागी भएर कसरी समाधानकालागी पहल गर्न सम्मका छलफल भएका थिए ।
कार्यक्रममा सहभागीहरुले प्रदेश र केन्द्रीय कमिटीलाई बिभिन्न जिज्ञासाहरु पनि राखेका थिए । ती जिज्ञासाको जवाफ केन्द्रको तर्फबाट केन्द्रीय अध्यक्ष हमाल र प्रदेशको तर्फबाट प्रदेश अध्यक्ष सिर्जना राईले दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रदेश अध्यक्ष राईले महिलाहरुलाई शशक्तिकरण गर्ने सन्दर्भमा विभिन्न कार्यक्रमहरु बनिरहेको र ती कार्यक्रममा सहभागी हुन अनुरोध गर्नु भएको छ । सबैले आफ्नो उत्पादनको ब्राण्डीङ गर्दै त्यसको प्रयोग आफ्नै संगगठनबाट गर्न र गराउन पनि उहाँले अनुरोध गर्नु भएको छ ।
दमकस्थित नेकपा एमालेको पार्टी कार्यालयमा भएको यो कार्यक्रममा एक सय भन्दा बढी प्रदेशभरीका महिला नेतृहरुको उत्साहजनक सहभागिता रहेको थियो । भुगोलमा रहनु भएका केन्द्रीय नेताहरु समेत सम्मिलित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टीको जरा अभियानका बारेमा उपस्थितहरुलाई जानकारी गराउनु भएको थियो ।









