ओलीकै गृहनगरमा प्रचण्डको गर्जन ‘ओलीले संघीयता चाँहिदैन भन्नुहुन्थ्यो’

दमक, फागुन ३
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नचाँहिने धारणा राखेको लगायतका आरोप लगाउँदै बिभिन्न विषयमा कटाक्ष गर्नु भएको छ ।

 

शनिबार प्रधानन्त्री ओलीको गृहनगर झापाको दमकमा माओवादी केन्द्रको दोस्रो नगर अधिवेशन उद्घाटनसहितको खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘संविधान लेख्ने बेलामा केपी शर्मा ओलीले संघीयता र समावेशीता सहितको संविधान नबनाउँ भन्नु हुन्थ्यो तर माओवादीको दवावले गर्दा मात्र उहाँले स्वीकार गर्नु भएको हो ।’ आफ्नो भाषणमा उहाँले त्यसबेला पनि मनले स्वीकार नगरेको यो संविधान अहिले आफु शक्तिमा भएपद्धि ओली च्यात्न तयार हुनु भएको छ । यसको सबैले प्रतिकार गर्नु पर्छ ।’

 

जनतामा निहित राखेर लेखिएको संविधान अहिलेको सत्ता पक्षीय दलहरुले मान्न नचाहेर त्यसलाई मास्न खोजेको र अध्यादेश ल्याउने प्रपञ्च गरिएको पनि उहाँको आरोप छ । प्रचण्डले भन्नुभयो ‘माओवादीको अभियानबाट जारी जनतामा निहित संविधानलाई च्यातेर अपारदर्शी, अलोकतान्त्रिक ढंडले अहिले गठबन्धन गरिएको छ । आफ्‌नो देश विकास गर्ने अभियान मन नपराउनेहरुले बनाएको यो गठबन्धनले देशमा परिवर्तन नल्याउने पनि उहाँको टिप्पणी थियो ।

 

साथै प्रचण्डले दमकका स्थानीय नेताले दमक र आसपासका क्षेत्रमा रहेका केही समस्याको बारेमा दिएको चिट पनि पढेर सुनाउनु भएको थियो । ती समस्यालाई समाधान गर्न आफुले सडकदेखि सदनसम्मैबाट पहल गर्ने समेत प्रतिवद्धता जनाउनु भयो । पाथीभरामा निर्माण गर्ने भनिएको केवलकार विवादलाई शत्ता शक्तिबाट नभएर बार्ताबाट समाधन गर्न आफुले सरकारलाई अनुरोध गरिरहेको समेत सभालाई जानकारी गराउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु