केपी ओली कपको प्रचार गर्न दमकमा युवा संघ र अनेरास्ववियुको फुटसल

 

दमक, फागुन ३
यहि फागुन ११ गतेदेखि १९ गते सम्म काठमाडौमा हुने केपी ओली कप २०२५ दोस्रो संस्करणको प्रचार गर्न भन्दै दमकमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

 

शनिबार दमक ५ स्थित गोर्खाली टोलको फुटसल मैदानमा यहाँ स्थित युवा संघ र अनेरास्ववियु दमक नगर कमिटीले मैत्रीपूर्ण फुटसल खेलेका हुन ।

 

 

नेपका एमाले दमकका अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न प्रतियोगिताले केपी ओली कप २०२५ को प्रचारमा योगदान पुर्याएको प्रमुख अतिथि पौडेलले बताउनु भयो ।

 

 

युवा संघ दमकका अध्यक्ष छवि खतिवडाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा दुबै समुहले रोमाञ्चक खेल खेल्दै केपी ओली कपको प्रचारमा मद्दत गरेको युवा संघ दमकका सचिव कमल गैरेले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा