नयाँँदिल्ली रेलवे स्टेसन भागदौड घटना

मृतक र घाइतेलाई सरकारले क्षतिपूर्ति दिने, कारण अझै पत्ता लगेन

दमक, फागुन ४
भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कैयौँ घाइते भएका छन् ।

 

प्रशासनले मृतक १८ जनाको नामावली समेत सार्वजनिक गरेको छ । यसैबीच रेलवेले मृतकका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

 

गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको बिबिसि हिन्दिमा उल्लेख छ ।

 

प्रशासनले यो घटनालाई अत्यधिक भीडभाडका कारण भएको बताएको छ । साथै, वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिने पनि उनीहरुले बताएका छन् ।

 

घटनाका बेला उपस्थित प्रत्यक्षदर्शीले पनि भागदौडको अनुभव सुनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा प्रवेश गर्न प्रयोग गरिने फुटब्रिजमा भागदौड मच्चिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो