नेपालको वैदेशिक व्यापार : १ सय २४ मुलुकसँग घाटा

दमक, फागुन ९

स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ ।

यो रकम गत आर्थिक वर्षको पहिलो ७ महिनाभन्दा ६.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँगै छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ र चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड घाटा छ ।

छिमेकी मुलुकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकसँग पनि व्यापार घाटा नै छ । तथ्यांकअनुसार १ सय ५९ मुलुकसँग नेपालको द्विपक्षीय व्यापार हुन्छ । तीमध्ये ३५ मुलुकसँग व्यापार नाफा र १ सय २४ मुलुकसँग घाटा छ । व्यापार घाटा खर्ब–अर्बमा भइरहँदा नाफा भने करोडमा छ ।

 

 

सात महिनाको तथ्यांकअनुसार अफगानिस्तानसँग ५८ करोड, डेनमार्कसँग १४ करोड व्यापार नाफा छ । यीबाहेक अन्य मुलुकसँग नाफा न्यून छ । ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

 

 

२०७७/७८ को १० महिनामा पहिलो पटक १ खर्ब ८ अर्ब ४७ करोडको वस्तु निर्यात भएको थियो । त्यसपछि २०७८/७९ को ५ महिनामा १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको थियो । २०७९/८० को ८ महिनासम्म आइपुग्दा निर्यात रकम १ खर्ब ४ अर्ब ७९ करोड नाघ्यो । २०८०/८१ मा पनि ८ महिनामा १ खर्ब ६१ करोडको वस्तु निर्यात भएको थियो । २०८१/८२ मा भने ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड वस्तु निर्यात भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि