दमक , फागुन ९
गाडीहरुको बिक्रि, मर्मत तथा पार्ट्सहरुको बिक्रेता तथा सञ्चालकहरुको संगठन अटो मोवाइल्स एसोसियनको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार इलामको चपेटीमा वनभोज सहित एसोसियनले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा एसोसियसनका अध्यक्ष बुद्धिसागर बराल विमलले वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
विषम परिस्थितीबाट सुरु भएको यो एसोसियन अहिले अटो मोवाइल्स व्यवसायीहरुको व्यवसायिक समस्या र समाधानलाई समुहिक छलफल र प्रयासबाट निर्क्यौल निकाल्न सक्ने बनाएको अध्यक्ष बरालले प्रतिवेदनमार्फत जानकारी गराउनु भएको छ ।
दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष राजु खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै खड्काले भन्नु भयो ‘बस्तुगत संघमध्ये सबैभन्दा सक्रिय रहेको यो एसोसियसनलाई वाणिज्य संघबाट अन्य कुनै सहयोग आवश्यक परेमा गर्न तयार रहेको छ ।’ साथै उहाँले हरेक साधारणसभा सम्पन्न गर्न दिइने १० हजारको सही सदुपयोग गरिएको पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा वाणिज्य संघका लेखा समिति संयोजक नेत्र चम्लागाईं, सदस्य हेमसिहं अधिकारी लगायतको सहभागिता रहेको थियो । वनभोज सहितको साधारणसभा भएकोले विभिन्न रमाइला कार्यक्रम समेत सो अवसरमा भएका थिए ।



