भद्रपुर, फागुन १२
डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उसको सेमिफाइनलमा झापा–११ एफसीसँग प्रतिष्पर्धा हुने भएको छ ।
भद्रपुरस्थित मेची रंगशालामा सोमबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेल घोषित बन्नु भयो । नगद २१ हजार र ट्रफी प्राप्त गर्नुभयो । खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपिएफसँगको खेलमा संघर्षपूर्ण जित निकालेको बताउनु भयो ।
त्यस्तै, एपिएफका प्रशिक्षक मिलन राईले केपी ओेली कप खेलेका टिम नै झापा आएको र खेलाडीले विश्राम गर्न नपाउँदा टिमले हार व्यहोर्नु परेको कारण दर्शाउनु भयो । एन्फाले प्रतियोगिता जुधाएका कारण टिमसहित खेलाडीहरूमाथि असर परिरहेको भनाइ छ ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजजको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनु भयो ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले जनाउनु भयो । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।










