देशभर महाशिवरात्रिको रौनक

दमकको धनेश्वर र पशुपति मन्दिरमा पनि दर्शनार्थीको भिडभाड ( हेर्नुहोस् फिल्ड रिपोर्टको यो भिडियो)

दमक, फागुन १४
हिन्दू धर्मावलम्बीहरूले मनाउने महाशिवरात्रि पर्व आज परेको छ । आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइने यो पर्व देशभरका शिवालय मन्दिरमा बिहानैबाट भिडभाड छ ।

 

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरेका छन् ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने महाशिवरात्रि पर्व भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको हो । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ । महाशिवरात्रि शिवपार्वतीको विवाह भएको दिनको रुपमा समेत मनाउने गरिन्छ ।

 

महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

 

यस अवसरमा झापाको दमक ५ स्थित धनेश्वर शिवालय मन्दिर, दमक ६ स्थित पशुपति मन्दिरसहितमा दर्शनार्थीको जमघटकासाथ पूजाआजा गरिएको छ । दिनभर भजनकिर्तन गर्ने कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि