आज ग्याल्पो ल्होसार, कहिलेदेखि मनाउन सुरू भएको हो?

दमक/ फागुन १६
हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाले दिनुभयो। 

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि