१० वर्षपछि नगरको केन्द्रको विवाद टुंगियो

पथरी शनिश्चरे नगरको भवन बन्ने जग्गा बल्ल टुंगो लाग्यो

पथरी शनिश्चरे, फागुन १७
नगरपालिका केन्द्रकै विवादमा विगत १ दशकदेखि रुमलिँदै आएको उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाको विवाद टुंगिदै गएर प्रशासनिक भवन निर्माणकालागि जग्गा व्यवस्थापनको टुंगो लागेको छ ।

 

प्रशासनिक भवन निर्माणको लागि सरकारले सुरुमै केन्द्र तोेकेको वडा नम्बर १० मा अवस्थित शिविर डाँडाको जग्गा मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत भएको नगर प्रमुख मोहनप्रसाद तुम्बापोले जनाउनु भयो । उहाँले भन्नुभयो ‘बल्ल लामो समयपछि केन्द्र कार्यान्वयन र प्रशासनिक भवन निर्माणको स्थल कानुनी रुपले टुंगो लाग्यो । अब बजेट व्यवस्थापन गर्दै भवन निर्माणमा लाग्ने छौं ।’ मन्त्री परिषद्को निर्णयमा भनिएको छ ‘पथरी शनिश्चरे नगरपालिका मोरङलाई नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिकाको वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भनी निर्णय गरिएको छ ।’

 


०७१ सालमा नगरपालिका बनेको र ०७४ को स्थानीय निकायको निर्वाचनपछि भनें केन्द्रको विवाद सिर्जना भएको हो । साविकको पथरी र शनिश्चरे गाविस मिलेर पहिलोपटक नगरपालिका घोषणा भएको र पुनः हसन्दह समेत थपिएको थियो । पथरी बजार विकासको दृष्टिले अघि बढेको र साविकको पथरी गाविस भवन बजारमा रहेको अवस्था थियो । त्यहाँ अस्थायी केन्द्र मानिएको थियो । बजार साँघुरिएको अवस्थामा त्यसभन्दा बाहिर भवन निर्माण गर्नु उपयुक्त हुने ठहर गरेर त्यो बेला सर्वदलीय रुपमा नगरपालिकाको केन्द्र भूटानी शरणार्थी शिविर रहेको क्षेत्रमा भवन निर्माण गर्नेगरी केन्द्र तोकेर सरकारलाई सिफारिस गरेको थियो । तर पछि सो निर्णय आएको अवस्थामा पथरीतर्फबाट त्यसको विरोध भएको थियो ।

 

तोकिएको ठाउँमा जग्गा नभएको अर्थात सरकारी वन क्षेत्र रहेको भन्दै त्यहाँ कार्यान्वयन गराउन पथरीतिरका अगुवाले सहमति नजनाएपछि शनिश्चरे पक्षकाले मुद्धा हालेका थिए । अर्थात अस्तित्वको लडाईंका रुपमा त्यो विषय रुमलियो । मुद्धामा पहिले तोकिएको केन्द्रनै कार्यान्वयन गराउन भनि अदालतले निर्णय गर्यो । तर पनि त्यो आदेश कार्यान्वयन गराउन तत्कालिन जनप्रतिनिधिको पहल भएन । फेरि अदालत विरुद्ध अपहेलना मुद्धा समेत दर्ता भयो । यस क्रममा दोस्रो कार्याकालको नगरपालिकाको टिम भनें तोकिएको ठाउँमा केन्द्र कार्यान्वयन गर्दै त्यहाँ भवन निर्माणकालागि सरकारसँग जग्गा मागको पहल अघि बढाइरहेको थियो । गाविसस्तरको भवनमा समस्या झेल्दै आएको नगरपालिका कार्यालयले घर भाडामा समेत लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । केन्द्र विवादका कारण सरकारले यसअघि भवन निर्माणकालागि पठाएको बजेट त्यसै फर्किएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्