सहकारीको रकम अमेरिका लगेको आरोप लागेका रास्वपा नेता थापा पक्राउ

काठमाडौं, फागुन १८
सहकारीको रकम खोजतलास र नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि गतवर्ष अमेरिका फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई अमेरिकामा पक्राउ गरिएको छ ।

 

अघिल्लो साता नेपाल फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको यसबेला खुलेको छ । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको पाइएको छ । थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी दिएका छन् । थापालाई अमेरिकी अध्यागमनले नेपाल फिर्ता पठाउने सक्ने नेपालको अध्यागमन विभाग स्रोतले बताएको छ ।

 

लामो समयदेखि नेपाल–अमेरिका ओहोरदोहोर गरिरहने थापामाथि रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएको अवस्था थियो । नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि गतवर्ष अमेरिका फर्किनु भएको थियो । नेता थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत रहनु भएको छ ।

 

थापालाई के प्रकरणमा पक्राउ गरिएको भन्ने स्पष्ट खुलाइएको छैन । तर सम्पत्ती शुद्धीकरण मुद्धामा फरार रहेको, आफ्‌ना नेता रवि लामिछानेको अमेरिकामा लिलाम हुन लागेको घर जोगाउन नेपालबाट सहकारीमा जम्मा भएको रकम अवैध रुपमा हुण्डीबाट पठाएको अवस्थामा त्यसमा सहयोग पुर्याएको समेत कारणका रुपमा रहेको स्रोतले बताएको छ । अमेरिकी ग्रीनकार्ड भएको व्यक्तिले अस्वभाविक रुपमा कुनै देशमा ओहोर–दोहोर गरिरहेमा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर गरेर सोधपुछ गर्ने गरेको अवस्था रहने अर्कातर्फको कारण उल्लेख गरिएको छ । एनआरएनएका पदाधिकारीले अस्वभाविक ओहोर दोहोर गरेको कारणले पक्राउ परेको कुरा उल्लेख गरेका छन् ।

 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति लामिछानेसँग थापाको उठबस मात्र होइन लामिछानेले सहकारीको रकम अमेरिका पठाएको आरोपमा प्रहरीले फरक कोणबाट थापामाथि अनुसन्धान गरिरहेको उल्लेख छ ।

 

सभापति रविले पठाएको रकम हुण्डीमार्फत अमेरिका लैजान थापाले सहजीकरण गरेको स्रोतको दाबी छ । यसअघि उपनिर्वाचनका बेला लामिछानेले अमेरिकामा रहेका थापाको नाममा ५ करोड हुण्डी गर्न लगाएको रविकै व्यावसायिक साझेदार जीबी राईको तर्फबाट लेखिएको इमेलमा जिकिर गरिएको थियो । लामिछानेले गृहमन्त्री रहँदासम्म थापामार्फत पटक–पटक गरी १२ करोड रुपैयाँ अमेरिका पठाएको स्रोतको दाबी गरेको छ ।

 

थापा यसअघि अमेरिकामा सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको अभियोगमा जेलसमेत परेको खुलेको छ । पछिल्लो समय थापा अमेरिकी नागरिकता रद्द भएपछि ग्रीनकार्ड लिएर अमेरिकामा बस्दै आएको बताइएको छ ।

 

थापाको समूहले केहीमहिनाअघि राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणालाई बहिष्कारको आह्वान गरेपछि नेपाली समुदायमा गर्न लागिएको कार्यक्रम नै रद्द भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण