दमक नगरको १६ औं नगरसभा, ७ महिनामा ३१.५ प्रतिशत वित्तीय प्रगति (प्रत्यक्ष प्रशारणसमेत)

दमक, फागुन १८
झापाको दमक नगरपालिकामा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ३१.५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

 

हिउँदे अधिवेशनका रुपमा आइतबार सुरु दमक नगरको १६ औं नगससभामा बोल्दै नगर प्रमुख रामकुमार थापाले माघ मसान्तसम्म पुजीँगततर्फ २६ र चालुतर्फ ३७ प्रतिशत गरी कुल ३१.५ वित्तीय प्रगति भएको जानकारी गराउनु भयो । उहाँले हालसम्म ४४.५१ आय भएको पनि जनाउनु भयो ।

 

नगर प्रमुख थापाले राजस्वको प्रक्षेपण गरे अनुसार राजस्व उठ्न नसकेको अवस्था समेत दर्शाउनु भयो । नगरका योजनाहरु समयमै सम्पन्न गर्न र समयमै भूक्तानी गर्न चुनौती रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा बजेट तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईले विनियोजन ऐन र आर्थिक विधेयक संशोधनकालागि प्रस्तुत गर्नुभयो ।

 

प्लाष्टिकजन्य बस्तु प्रयोगमा प्रतिवन्ध गर्न बनेको विधेयक वातावरण समिति संयोजक टेकबहादुर थापाले प्रस्तुत गर्नुभयो ।

 

यसैगरी, पूर्वाधार समिति संयोजक भीमप्रसाद पौडेलले पूर्वाधार विधेयक संसोधनकालागि पेश गर्नुभयो । शिक्षा समिति संयोजक कुवेरप्रसाद भट्टराईले आधारभूत तथा माद्यामिक शिक्षा ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो । सहकारी ऐनलगायतका ऐनहरु समेत संशोधनकालागि पेश गर्दै छलफल गरिएको थियो ।

 

https://fb.watch/y3ZAzhk12q/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण