ज्येष्ठहरुको सहाराकालागि दमकमा स्थापना भयो ‘न्यानो घर’

दमक, फागुन १८
झापाको दमकमा बालबालिकाका र सडक मानवका आश्रम छन् । यस बीचमा ६० वर्ष माथिका ज्येष्ठहरुकालागि आवश्यकता खड्किएको बृद्ध आश्रम समेत थपिएको छ ।

 

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको मानव उद्धार सेवामार्फत दमक ३ मा सडक मानवको उद्धार गरेर व्यवस्थापन सुरु भयो । त्यस अवस्थामा त्यहाँ वन कार्यालयले भवन नदिएपछि दमक २ को साविक वडा कार्यालय भवनमा अप्ठ्यारोगरी मानव उद्धारको कार्यक्रम चल्दैछ । दमकमा सो संस्थाको शाखा ल्याउनमा त्यसका तात्कालिन केन्द्रीय सदस्य दमक ४ का मिलन आचार्यको मुख्य पहल रह्यो ।

 

उता, दमक ९ मा विगत २१ वर्षदेखि मन्दरा पौडेलको अगुवाईमा बालआश्रम चलिरहेको छ । त्यहाँ ३९ जना अनाथ बालबालिकालाई पठनपाठनसमेत व्यवस्थापन गरिएको छ । त्यहाँ बृद्धआश्रम समेत जोड्न खोज्दा कानुनी हिसावले मान्य नहुने अवस्था भयो । बरु दमक २ मा रहेको हाम्रो बाल आश्रम दमक ९ को अनाथ बाल आश्रमसँग एकीकरण भयो । ज्येष्ठहरु असहाय बनेको अवस्थालाई व्यवस्थापन गर्न सोही अनाथ बाल आश्रमको समन्वयमा आशाको दियो नेपालद्वारा सञ्चालन गर्ने गरी भर्खरै न्यानो घर बृद्धाश्रम दमक २ मा खडा भएको छ । त्यहाँ हालसम्म ४ जना ज्येष्ठलाई सहारा दिएर राखिएको छ । जहाँ पहिले हाम्रो बाल आश्रम रहेको भवन १० वर्षकालागि निःशुल्क लिएर न्यानो नेपालले बृद्ध आश्रम अघि बढाएको हो ।

 

मानव उद्धार सेवा हुँदै अनाथ बाल आश्रममा समेत जोडिनु भएका उनै मिलन आचार्यको अगुवाईमा न्यानो घर स्थापना भयो । आशाको दियो नेपालका सचिव तथा न्यानो घर बृद्धाश्रमका अध्यक्ष मिलनले नगरमा अरुपनि आश्रम रहेपनि आफूहरुले खडा गरेको खाले बृद्ध आश्रम नभएको बताउँदै त्यसको स्थापनाको औचित्य प्रष्ट्याउनु भयो ।

 

दाताहरुको सहयोगमा सञ्चालन गरिने सो आश्रममा २६ जना अट्ने व्यवस्थित भवन रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्