१ वर्षको भ्रमण रकम ७ महिनामै सकियो, फेरि थपियो ७ लाख

दमक, फागुन १८
विकास निर्माण तथा वित्तीय प्रगतिले चाँही लक्ष्य भेट्न गाह्रो छ । तर अलि खुला र फुर्मास खर्च गर्न मिल्नेगरिको घुमफिरसँग जोडिने भ्रमण खर्चले भनें नेटो काटिसकेको छ ।

 

अर्थात चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनाको अवधिमा योजनासहितका काममा वित्तीय खर्च ३१.५ प्रतिशत मात्र प्रगति भएको अवस्थामा वर्षकोलागि १५ लाख छुट्याइएको भ्रमण खर्च भनेंं ९९.३६ प्रतिशत ( १४ लाख ९० हजार ४ सय ५० रुपैंयाँ ) सकिएको छ ।

 


यसखाले तथ्यांकले नगरका समग्र जनताकालागि विकास र अर्कातर्फ जनप्रनिनिधि र कर्मचारीको इच्छा अनुसारको आफ्‌नो भ्रमणसहितका गतिविधिमा तालमेल नमिलेको देखाउँछ । घुम्ने खर्च चाँही जतिपनि सकिइहाल्ने तर विकास निर्माणको काममा चाँही त्यो अनुसारको प्रगति नहुने कुराको दृष्टान्त प्रस्तुत गर्छ । यो दृष्टान्त हो दमक नगरपालिका कार्यालयको ।

 

१६ औं नगरसभाका अवसरमा आइतबार प्रस्तुत विवरणमा सो कुरा प्रष्टिएको हो । १ वर्षको भ्रमण खर्च रकम ७ महिनामै सकिएपछि बाँकी अवधिकालागि ७ लाख रुपैयाँ थप गरिएको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग

सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान