दम्पत्तिको मृत्यु

काठमाडौंमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परे

 

 

झापा/

काठमाडौँमा घरभित्रै नि’स्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दम्पत्ति गएराति आफ्नै घरमा आ’गो बा’लेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए । प्रहरीको अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ । थिङ दम्पत्तीका छोराले बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।

उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र नि’सास्सि’एर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

यस्तै भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृत फेला परेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्।

घर बिदामा रहेको जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ आफ्नै घरस्थित खाटमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परिवारका अन्य सदस्य घर बाहिर रहेको र फर्किदा जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा