दमक बजारमा अखाद्य बस्तु छ्यापछ्याप्ती, गरियो २० हजारसम्म जरिवाना

दमक, फागुन २५
दमक बजारमा अखाद्य बस्तुहरु छ्याप्छ्याप्ती फेला पर्ने गरेका छन् । यहाँसम्मकी अस्पताल अगाडिका होटलहरु समेत अखाद्य बस्तुको बिक्री वितरण गरिएको पाइँनु बिडम्बना हो ।

 

दमक बजारक्षेत्र र संवेदनशील मानिएका अस्पताल तथा विद्यालय आसपासका विभिन्न रुपमा सञ्चालित होटल तथा खाजा घरहरुमा मानव स्वास्थ्यका लागि निक्कै हानिकारक बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको बजार अनुगमन समिति संयोजक समेत रहनु भएकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।

 

 

अघिल्लो साता दमकका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको खाजा खुवाउने क्यान्टिन अर्थात चमेना गृहहरुमा समेत स्वस्थकर खाजा नपाइएको उहाँले जनाउनु भयो । त्यस्तै, दमक २ स्थित आम्दा अस्पताल आसपासका होटलहरुमा गरेको अनुगमनको क्रममा कतिपय होटलका भान्साहरुमा प्रतिबन्धित अमिलो ( चुक),अखाद्य तत्व मिसिएको रंग, बासी मम आदि फेला परेको छ ।

 

‘त्यस्ता होटलहरुलाई एक्सन लिएर तुरुन्त सुधार गर्न चेतावनी दिइएको छ ।’ उपप्रमुख प्रसाईंले भन्नुभयो ‘स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यस्तो गरेमा कानुनी सजायको भागेदार बन्नुपर्छ ।’
उता, अनुगमन टोलीले दमक ७ को भगवती दालमोड फुड प्रोडक्टमा सेतो मटरलाई हरियो अखाद्य रंग पोलिस लगाएर हरियो मटर बनाई विक्री गर्ने गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अखाद्य रंगको पोलिस लगाइएको मटर जफत गरि नष्ट गरेको छ ।

 

नेपाल प्रहरीसहित, नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपाने, नगर प्रहरी इञ्चार्ज रुद्रजंग काकी समेतको संलग्नतामा उपप्रमुख भट्टराईको नेतृत्वमा अनुगमन गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्