नुन किन्न पनि नागरिकता ! : स्थानीयलाई सास्ती

दमक, फागुन २८
सरकारी वा गैर सरकारी कार्यालयमा केही काम गर्नका लागि आफ्‌नो नेपाली नागरिकतासहितको कागजात चाहिने हुन्छ । तर नुन किन्न पनि नागरिकता चाहिन्छ भन्ने सुन्दा यो लोकतान्त्रिक मुलुकमा जनतालाई सास्ती दिएको भएन र भन्ने प्रश्न उठ्छ ।

 

यस्तै प्रश्न उठिरहेको छ यसबेला हुम्लामा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने प्रावधान बनाइएपछि लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्न निकै झमेला व्यहोरिरहेका छन् । नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ खर्च लाग्छ ।

 

लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताएपनि स्थानीयले नागरिकता बोकेर आउने कुरामा समस्या मानेका छन् । वडाले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्न नागरिकताको फोटोकपी पेश गर्ने गरिएको शाखा प्रमुख लामाले जनाउनु भयो । यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने गरिएको छ ।

 

हाल लिमिटेडको गोदाममा एक हजार ३९५ क्विन्टल नुन मौज्दात छ । यो आर्थिक वर्षको एक हजार १०० क्विन्टल नुनमा हालसम्म हवाईमार्गबाट ५८२ क्विन्टल ढुवानी भइसकेको र बाँकी पनि ढुवानीको चरणमा रहेका कारण समस्या नहुने लिमिटेडले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले