स्ववियू निर्वाचनः विद्यार्थीलाई ‘नि:शुल्क एम्बुलेन्स र उपचारमा सहुलियत’ गराउने प्रतिवद्धता

दमक, चैत्र १

चैत्र ५ गते देशभर स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुदै छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा चुनाव लागिरहेको छ ।
कहि तालाबन्दी भइरहेका छन् भने कहि कुनै न कुनै विवादले चुनाव अनिश्चित पार्ने पनि प्रयास भइरहेका छन ।

यही क्रममा दमकमा रहेको दमक बहुमुखी क्याम्पसमा पनि चुनावी माहोल तातेको छ । विभिन्न संगठन र स्वतन्त्र गरी प्यानल प्यानल खडा गरी विद्यार्थीहरु चुनावमा होमिएका छन् ।

यही क्रममा शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का उम्मेदवारहरुले उज्यालो खबरको कार्यालयमा आएर आफ्‌ना एजेण्डाबारेमा जानकारी गराएका छन् ।

दमक क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि गर्न विभिन्न विद्यार्थीमैत्री वातावरण निर्माण गर्नेदेखि लिएर केही फरक योजनासमेत अघि सारेका छन् ।
अध्यक्ष पदका उम्मेदवार निशम अधिकारीले दमक बाहिरबाट आइ दमकका डेरा गरी बसेर अध्ययन गर्ने विद्यार्थीहरुलाई नि:शुल्क एम्बुलेन्सको सुुविधा र सबै विद्यार्थीका लागि  सहुलियत दरमा उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयाे।

‘एम्बुलेन्स नि:शुल्क हुने छ , बिरामी भएकाहरुलाई उपचार गराउन दमकमा रहेका अस्पतालसँग समन्वय गरी सहुलपयत दरमा उपचार गराउने कुरामा अग्रगामी  पहल गरिने छ ’ अधिकारीले सुनाउनुभयो ।

डेरामा बसिरहेका विद्यार्थीहरुलाई घरधनीसँग समन्वय गरी घरभाडा तथा अन्य सेवामा सहुलियतका लागि पहल गरिने सचिव पदका उम्मेद्धरा राकेश खड्काले उल्लेख गर्नुभयो । विद्यार्थीको व्यक्तित्व तथा क्षमता विकास गराउन तीन तीन महिनामा प्रशिक्षण कार्यक्रम आयाेजना गरी विद्यार्थीहरुलाई अध्यनशील बनाउन विषयगत अध्ययन तथा भ्रमणका कार्यक्रम समेत गराउन पहल गरिने खड्काले बताउनु भयो ।

 

यस्तै महिला विद्यार्थीहरुलाई चेन्जिङ रुम सहित सेनेटरी प्याडको व्यवस्था, कोषको सहि सदुपयोग गर्दै प्रत्यके तीन तीन महिनामा कोषको अवस्थाबारे सार्वजनिक र वर्षको अन्त्यमा वार्षिक अडिट अनिवार्य गर्ने अनेरास्ववियूको प्यानलबाट कोषाध्यक्षको उम्मेदवार रहनु भएकी प्रिती रानामगरले बताउनु भयो । यस्तै ‘छात्रावास निर्माण गर्ने कुरामा समेत हाम्रो पहल हुने छ । ’ उहाँले बताउनु भयो ।

 

दमक क्याम्पसमा ३ हजार सात सय ५ जना मताधिकार भएका विद्यार्थीहरु  छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा