इलाम साहित्य महोत्सव : ३ देशका सर्जकको जमघट

दमक, चैत २
प्राकृतिक हिसावले सुन्दरतम् इलाम जिल्लामा यस पटकको चौथो साहित्यको महोत्सव गरेर त्यहाँको प्राकृतिक सुन्दरताको छटामा नेपालसहित ३ देशका सर्जकहरुले आनन्द लिएर रमाए । पर्यटन प्रवद्र्धनलाई साहित्यसँग जोडेर शुक्रबार र शनिबार कार्यक्रम आयोजना भएको हो ।

 

इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ सुरु भएको चौथो संस्करणको साहित्य महोत्सवमा समाजका विभिन्न पक्षका विषयमा बहस भएको छ । महोत्सवमा नेपाल, भारत र बंगलादेशका डेढ सय बढी ख्यातिप्राप्त चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञको उपस्थिति रह्यो ।

 

पहिलो दिन भारतको जवाहरलान नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्द कुमारले ‘पर्यावरण र लोकतन्त्र’ विषयमा कि नोट प्रस्तुत गर्नुभयो । त्यस्तै ‘गाउँको सौन्दर्य’, ‘कला र अध्यात्म’, ‘विभेद विरुद्धका आलापहरु’, ‘कविताको पहिचान’, ‘मुन्धुम र पर्यावरण’, ‘सामाजिक सञ्जाल र मुल्य संकट’, ‘पर्यापर्यटन : अबको बाटो’ शीर्षकमा छलफल भएको छ । बेलुका गजल साँझ समेत भएको छ ।

 

 

दोस्रो दिन ‘इलामले इलाम : पेशा र पैसा’, ‘युवा : सपना र संघर्ष’, ‘डिजिटल दुनियाँमा सर्जक’, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’, ‘मन्द्राकान्ता : पात्र विमर्श’, ‘युद्धदेखि शब्दसम्म’, ‘जीवन फर्केर हेर्दा’, ‘इम्बोडिङ डाइभरर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेशन’ र ‘आशा र निराशाको राजनीति’ शीर्षकमा छलफल भयो ।

 

 

महोत्सवमा विभिन्न रैथाने खाद्यको प्रदर्शनी, चित्रकलालगायतका कार्यक्रमहरु समेत राखिएका छन् । त्यसैगरी साँझ कविता कन्सर्टसँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जनाउनु भयो ।

 

 

महोत्सवका लागि कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सात लाख र इलाम नगरपालिकाले पाँच लाख उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले उल्लेख गर्नुभयो ।

 

महोत्सवमा डेजी बराइली, श्रवण मुकारुङ, प्रा.डा. गोविन्दराज भट्टराई, खगेन्द्र संग्रौला, आनि छोइङ डोल्मा, नरेश काङवाङ, राजन मुकारुङ, मिश्र बैजयन्ती, अभय श्रेष्ठ, टीकाराम यात्री, कृष्ण खनाल, बसन्त बस्नेत, नवराज पराजुलीसहितका ख्यातिप्राप्त सर्जकहरु तथा नारायणकाजी श्रेष्ठ, गगन थापा, गोकर्ण विष्ट सहितका राजनीतिकर्मीको सहभागिता थियो ।

 

चन्द्रगढीमा बृहत साहित्यिक, सांगीतिक एवम् गजल वाचन कार्यक्रम
यता, विश्वेश्वर प्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले शनिबार बृहत साहित्यिक, सांगीतिक एवम् गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रगढीमा आयोजित कार्यक्रममा केशव आचार्य, विवश बलिभद्र कोइराला, चिरञ्जीवी काफ्‌ले, आरती पोखरेल, पूजा बहार, सिन्धु निरौलासहित १५ जनाले गजल वाचन गरेका छन् ।
साहित्यिक विमर्शमा डा. रत्नमणि नेपाल, प्रा.लक्ष्मी पौडेल, चन्द्र भण्डारी र कुमार भट्टराईले धारणा राख्नु भयो । गीतसंगीततर्फ अर्जुन खरेल, तुलसा पाठक र निरज पोखरेलले आफ्‌ना प्रस्तुति दिनु भयो ।

पथरी शनिश्चरेमा श्रष्टा होली मिलन
उता, होलीका अवसरमा शुक्रबार मोरङको पथरी शनिश्चरेस्थित शब्द थिएटरले श्रष्टा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । थिएटरका अध्यक्ष पर्शुराम न्यौपाने र निर्देशक जीवन बरालको संयोजनको कार्यक्रममा श्रष्टा भरत गुरागाईं बर्बरिक, भूपेन्द्रराज तिम्सिना, रोहित पराई, सुमन राई, गशेण बाछाना राई, अमीर राई, मुना आत्रेय, टिकाराम राई, लक्ष्मीप्रसाद फूँयाल, राम बिक, अनिश खतिवडा, कृषा पोखरेल तिम्सिना, सुमन कुइकेल बराल, सिजन दाहाल, पुष्प राईसहितका मोरङ र झापाका सर्जक तथा पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राई, युवराज बास्कोटा, उपेन्द्र कँडेल, तुलसी ढकाल, उमानाथ अधिकारीसहितका सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल