झापाको गौरीगञ्जमा भारतीय एसएसबीको ज्यादती, बस्ती छोडेर हिंड्न बाध्य

Untitled design_20250315_203417_0000

दमक, चैत्र २/ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती र धम्कीका कारण झापाको गौरीगञ्ज- २ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको छ ।

 

 

भारतीय सीमा सुरक्षा बलको ज्यादतीका कारण सन्थाल बस्तीका सर्वसाधारण गाउँ छाडेर हिँड्ने क्रम बढेको हो । भारतीय पक्षको ज्यादती सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार विस्थापित भइसको थियो ।

 

यो वर्ष बरियारका भाइ जेठा सोरेनलाई भारतीय सीमा सुरक्षा बलका जवानहरू आएर बसाइ सार्न दबाब दिइरहेको स्थानीयले बताएका छन् ।

 

 

गत वर्ष भारतीय एसएसबीहरुले बरियार सोरेनलाई घर खाली गर्न बारम्बार दबाब दिएका थिए । वर्षाैंदेखि बस्दै आएको घर खाली गर्न नमानेपछि एसएसबीले धम्क्याउन थालेपछि बरियार बसाइ सर्नुभएको थियो । ।

 

 

यसपालि  दाजु जेठा सोरेनलाई पनि घर खाली गर्न दबाब दिइरहेको स्थानीय जेठा मुर्मूले बताउनु भयो । । २०५५ सालअघि कमल नेपाली भूमिमा परेको जग्गा त्यसयता भने भारतीयको भन्दै पिलर गाडिएको र स्थानीयलाई धम्की दिने गरिएको स्थानीयले बताए ।

 

२०५५ सालमा कमल खोला पूर्व रहेको दशगजा पिलरहरू २०५५ ताका भारतीय पक्षले नेपाली भूमि मिच्दै कमल पश्चिम रहेको पिण्डालघुटु गाउँको बीचमै सारेका थिए ।

 

 

स्थानीयका अनुसार २०५५ साल अघिसम्म कमल खोलाको पूर्वी किनारमा दशगजा क्षेत्र कायम थियो । सो दशगजा क्षेत्रका अवशेषहरू अहिले पनि खोलाको पूर्वी किनारमा भेट्न सकिन्छ । स्थानीयका अनुसार अहिले कायम गरिएको सीमाभन्दा एक किलोमिटर पूर्व सन् १९७९ मा कायम गरिएको २६ नम्बरको रिफरेन्स पिलर अहिले पनि यथावत छ ।

 

 

२०७४ सालमा भारतीय पक्षले एकलौटी रुपमा आएर साना पिलरहरूको ठाउँमा अहिलेका ठूला पिलरहरू गाडेका छन् । अहिले १४२/८ नम्बरको पिलर स्थानीय बुधलाल हेमरमको आँगनमै गाडिएको छ । १४२ नम्बरको जङ्गे पिलर खोलाको पूर्वी किनारबाट पश्चिम किनारमा सारेर गाउँको उत्तरतिर गाडिएको छ । यही १४२ नम्बरको जंगे पिलर र १४२/८ नम्बरको पिलरको बीचमा परेका घरहरू खाली गर्न भारतीय पक्षले दबाब दिइरहेको स्थानीयले बताए । २०५५ सालपछि सीमास्तम्भ नेपाली भूमितिर सारिएपछि अहिले स्थानीय नेपालीहरूको ५०औँ विघा जमिन भारतीयको कब्जामा रहेको छ ।

 

 

स्थानीय बासिन्दाका अनुसार यहाँका कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनुवा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने वर्षेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् ।

 

 

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले सो टोलमा सीमा विवाद रहेको बताउनु भयो उहाले खोलाले धार परिवर्तन गर्दा सीमा विवाद भएको र नेपाली भूमि उता परेको भनेर दाबी गरिएकाले समस्या भएको बताउनु भयो । अध्यक्ष राजवंशीले दुई देशीय समस्या भएकाले समाधानका लागि सङ्घीय सरकारले पहल गर्नुपर्ने उल्लेख गर्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन