क्याम्पसको आन्तरिक आम्दानी वृद्धि गराई विद्यार्थीको शिक्षामा लगानी बढाउने उद्घोष

दमक, चैत्र २ / आसन्न स्ववियुको निर्वाचनमा उम्मेदवारहरुले विभिन्न घोषणा गरिरहेका छन ।

चुनाबलाई आफ्नो पक्षमा पकड बनाउन विद्यार्थी मैत्री नारा र घोषणाहरु उम्मेदवारहरुले सार्वजनिक गरिरहेका छन ।

यहि क्रममा दमक स्थित बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बन्नु भएका अध्यक्ष निशम अधिकारीले क्याम्पसको आन्तरिक श्रोत वृद्धि गराउदै त्यसबाट प्राप्त आम्दानी क्याम्पसको गुणस्तरीय शिक्षामा लगानी बढाउन पहल गरिने बताउनु भएको छ ।

उज्यलो खबरसगको छोटो संवाद गर्दै अध्यक्ष पदका उम्मेदवार अधिकारीले भन्नू भयो ” क्यामपस सामुदायिक स्तरबाट सन्चालित क्याम्पस हो । यहा समुदायको निरन्तर सहयोग आई रहन्छ । ” बिगत बारे स्मरण गराउदै उहाले भन्नू भयो ” दमकमा रहेको मालपोत कार्यालयले एउटा जग्ग नामसारी गर्दा एक सय रुपैया क्याम्पसलाइ छुट्याउने गरेको थियो जुन अहिले रोकिएको छ, हाम्रै पहलमा यसलाई निरन्तर आउने बनाउने छौ, साथै दमकमा अन्य क्षेत्रहरु जस्तै ताराबारी ढाट, पशुहाट जस्ता अधिक राजस्व संकलन हुने ठाउबाट नियमित सहयोग आउने वातावरण सृजना गराउने छौ ”

यसरी सकलन भएको श्रोतलाई कलेजमा अध्यनरत बिद्यार्थीको गुणस्तरीयतामा लगानी गराउन आफुहरुले प्राथमिकताका साथ काम गर्ने उहाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो