मोरङ कारागारभित्रै मृत भेटिए थुनुवा, जसले बुझाउन सकेका थिएनन् २५ हजार धरौटी

मोरङ, चैत्र ३/ अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ ।

जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ , का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो ।

 

मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारकालागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार अपराह्न मृत्यु भएको हो ।

 

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो ।

 

जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, अदालतको मागेको धरौटी बुझाउन नसकेपछि  कारागार चलान हुनु भएको थियो  ।  मुद्दाको फैसला हुन बाँकी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा