प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त

Screenshot_20250317_211734_com_facebook_katana_BrowserLiteDIActivity

दमक , चैत्र ४/ सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । 

दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक बन्नु भएको हो । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा रहनुभएको थियो  । नवनियुक्त प्रहरी महानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहनु भएको थियो ।

उहासँगै प्रतिष्पर्धामा रहेका तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन