इलामको सन्दकपुरले अग्लो ढुङ्गा देखाएर बटुल्दैछ पर्यटक

इलाम, चैत्र ५/  इलामको सन्दकपुर गाउँपालिका २ का स्थानीयबासी गाउँको अग्लो ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

गौथलीहरुको बासस्थान रहेको सोमेलाक्मालुङ्ग ढुङ्गामा साहासिक पर्यटनको प्रवद्र्धन पूर्वाधार समेत निर्माण गरिएको छ । सन्दकपुर २ का बासिन्दा गाउँमा रहेका अग्ला ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

पर्यटन प्रवद्र्धनको सम्भावना रहेको सोमे लाक्मालुङ्ग ढुङ्गामा स्थानीयबासी साहसिक पर्यटकीय क्षेत्र बनाउन सक्रिय भएका हुन् । सोमे लाक्मालुङ्ग ढुङ्गा सन्दकपुर गाउँपालिका २ को छेउखर्कमा रहेको वडाअध्यक्ष सनम राईले बताउनुभयो ।

गौथलीहरुको बासस्थान रहेको यो ढुङ्गामा साहासिक पर्यटनको सम्भावना भएपछि पर्यटन विभागको बजेटबाट पदमार्गले जोडिएको छ ।

१ सय मिटर अग्लो पहरामा पर्यटक यात्रा गर्न पदमार्ग समेत जोडिएको छ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरबाट डेढ घण्टाको यात्रामा सोमेलाक्मालुङ्ग ढुङ्गा पुग्न सकिने सन्दकपुर २ का वडासदस्य अमृत राईले बताउनु भयो ।

सोमेलाक्मालुङ्ग ढुङ्गाको ऐतिहासक पक्ष रोचक छ । ढुङ्गामा १ सय ५० वर्ष अघिबाट ठुलो प्रजातीको गौथली बसोबास पाइन्छ । सोहि गौथलीको बच्चाको मासु स्थानीय सोमबार जन्मिएका सोमे राईले खाने गरेका थिए । एक दिन गौथलीको बच्चा झिक्न जाँदा चिप्लिएर सोमे राई ढुङ्गाको चेप्लिएर अड्कीएको थिए ।
सोमे राई ढुङ्गामा अल्झिएपछि स्थानीयले ढुङ्गाको नामाकरण सोमेलाक्मालुङ्ग राखिएको कथन छ । सोमे मान्छेको नाम राई भाषामा लाक्मा भनेको अल्झिएको र लुङ्गको अर्थ ढुङ्गा हुन्छ ।

प्राकृतिक टावरको रुपमा रहेका ढुङ्गाको चुचुराबाट इलामका अधिकासं ग्रामीण बस्तीहरु अध्ययन गर्न पाइन्छ ।

सोमेलाक्मालुङ्ग ढुङ्गा समुन्द्र सतहबाट २७ सय ५० मिटरको उचाईमा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,