भुटानमाथि कारबाहीको माग

संयुक्त राष्ट्रसंघद्वारा भुटानमा भइरहेको राजनीतिक दमनको पर्दाफास

दमक, चैत ५
स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मनोमानी थुनछेकसम्बन्धी कार्यसमूह (डब्ल्यूजीएडी) ले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनले भुटानमा गम्भीर मानव अधिकार उल्लंघन भइरहेको तथ्य उजागर गरेको छ ।

 

६०/२०२४ नम्बरको प्रतिवेदनले नेपालीभाषी भुटानी नागरिकहरू बिर्ख बहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई गैरकानुनी रूपमा जेल हालिएको तथ्य सार्वजनिक गरेको छ । उहाँहरूलाई सन् २००८ देखि कठोर तथा अमानवीय अवस्थामा कैद गरिएको छ ।

 

नेपालीभाषी भुटानी समुदायमाथि अन्यायपूर्ण दमन
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार यी तीन नेपालीभाषी नागरिकहरूको मुद्दा कुनै एकल घटना नभएर भुटानमा व्यापक रूपमा भइरहेको दमनको प्रतिरूपका रुपमा लिइएको छ । तीनजना सहित कम्तीमा ३२ जना अन्य राजनीतिक बन्दीहरू पनि अन्यायपूर्ण रूपमा जेलमा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भुटान सरकारले न्यायिक प्रक्रिया बिना पक्राउ, मनगढन्ते आरोप तथा कडा प्रतिबन्ध लगाएर असहमति जनाउने व्यक्तिहरूलाई दमन गरिरहेको ठहर गरिएको छ । विशेष रूपमा, नेपालीभाषी भुटानी समुदाय राजनीतिक प्रतिशोधको मुख्य निशानामा परिरहेको पुष्टि गरिएको छ ।

 


भुटानमाथि कारबाहीको माग
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले संयुक्त राष्ट्रसंघको यस प्रतिवेदनलाई स्वागत गर्दै भुटान सरकारलाई तुरुन्त सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न, कानूनी सुधार गर्न र स्वतन्त्र अनुसन्धानको अनुमति दिन माग गरेको छ । जीसीआरपीपीबीले मानव अधिकार वाच (एचआरडब्ल्यू) लाई धन्यवाद दिंदै, यस विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठान गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ । जीसीआरपीपीबीका संस्थापक तथा विश्व संयोजक राम कार्की संस्थाले जारी गरेको विज्ञप्तिको विषयमा उज्यालो खबरसँगको कुराकानीमा भन्नुहुन्छ ‘संयुक्त राष्ट्रसंघले आधिकारिक रूपमा भुटानले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लंघन गरिरहेको पुष्टि गरिसकेको छ। अब भुटान सरकारले राजनीतिक दमन रोक्न, स्वतन्त्र अनुसन्धान अनुमति दिन र सबै राजनीतिक बन्दीहरूलाई तुरुन्त रिहा गर्नुपर्छ ।’

 

नेपालीभाषी भुटानी अगुवा नारद अधिकारी, विश्वनाथ क्षेत्री, साहित्यकार गंगाराम लामिटारेसहितले पनि राष्ट्रसंघको यस प्रतिवेदनको स्वागत गर्दै सबै राजनीतिक बन्दीको न्यायिक रिहाईको आवाज उठाएका छन् । लामिटारे फेसबुकमा लेख्नुहुन्छ ‘समय बलवान छ । समयले कसैलाई विभेद गर्दैन । जति नै जालझेल गरे पनि सत्य सत्य नै हो, त्यो प्रकट भएरै छाड्छ । सोझा– साझाको रगत र आँसु व्यर्थ जाने छैन ।’

मार्च २४ मा जेनेभामा कुरा उठाउने
यही मार्च २४ मा जेनेभामा हुने संयुक्त राष्ट्रसंघको कार्यक्रममा भुटानबाट भएको त्यसखाले अन्यायका विषयमा राष्ट्रसंघको प्रतिवेदनका बारेमा कुरा उठाउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने योजना रहेको कार्कीले बताउनु भयो ।

 

संयुक्त राष्ट्रसंघको प्रतिवेदनका प्रमुख निष्कर्षहरू

अन्यायपूर्ण थुनछेक : बिर्ख बहादुर क्षेत्री, कुमार गौतम र सुनमान गुरुङलाई गिरफ्तारी वारन्ट विना पक्राउ गरी भुटानको राष्ट्रिय सुरक्षा ऐन, १९९२ अन्तर्गत आजीवन कारावासको सजाय सुनाइएको थियो ।
न्यायिक प्रक्रियाको अभाव : पक्राउ परेका व्यक्तिहरूलाई कानुनी सहायता उपलब्ध नगराई अदालतमा जोङ्खा भाषा प्रयोग गरियो, जुन उनीहरूले बुझ्न सक्दैनथे ।
शान्तिपूर्ण अभिव्यक्तिमाथि दमन : बन्दीहरूलाई सरकारविरोधी पर्चा वितरण गरेको आरोपमा आतंकवादी घोषणा गरिएको थियो ।
परिवारसँग सम्पर्कमा रोक : सन् २०१७ पछि भुटानले कुनै पनि राजनीतिक बन्दीलाई परिवारसँग भेटघाट गर्न नदिएको प्रमाणित भएको छ ।
अन्तर्राष्ट्रिय निरीक्षणमा अवरोध : अन्तर्राष्ट्रिय रेडक्रस समितिले २०१२ पछि भुटान भ्रमण गर्न नपाएको तथा २०२२ मा आधिकारिक कागजात भएका परिवारहरूलाई समेत आफन्त भेट्नबाट रोकेको छ ।

 

भुटानमा भइरहेको मानव अधिकार उल्लंघनलाई अन्तर्राष्ट्रिय समुदायले तुरुन्त ध्यान दिन आवश्यक छ । संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरू र विभिन्न देशका सरकारहरूले भुटानमाथि कूटनीतिक दबाब बढाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न बाध्य पार्नसके भुटानमा मानवअधिकार र प्रजातन्त्रको फराकिलो दृष्टिकोण विकास हुन पाउने थियो । अनि नेपालीभाषी भएका कारण ३६ वर्षअघि देश निकाला भएकाहरुले स्वदेशफिर्तीको न्याय पाउन सक्ने वातावरण बन्ने थियो ।

https://www.ohchr.org/sites/default/files/documents/issues/detention-wg/opinions/session101/a-hrc-wgad-60-2024-bhutan-advance-edited-ve.pdf?fbclid=IwY2xjawJGcspleHRuA2FlbQIxMAABHXwtRGrzv3mHLPMdItzc12IAWK37pPXbhcwClisMiVFfaMdxOqMaBENLFQ_aem_wNN4-Ygj46ApY79gRajO3g

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा