विद्यार्थीलाई खोप

दमकका विद्यार्थीलाई खोप कार्यक्रम , विद्यालय चाँडै खुल्ने संकेत

दमक/
झापाको दमक नगरपालिकाले विद्यार्थीलाई पनि खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । १२ वर्ष उमेर देखी १८ वर्ष उमेर समुहका बालबालिकाकालागि खोप अभियान सञ्चालन गर्न लागेको हो । आगामी माघ १६ गते देखी २० गते सम्म दमकका विद्यालयमै विद्यार्थीलाई बोलाएर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जसका लागि नगरपालिकाले एकै दिन ५ वटा सम्म खोप केन्द्र तोकेर खोप कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

 

यसै क्रममा शुक्रबार दमकका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधीलाई विद्यार्थीकालागि आएको खोपका बारेमा जानकारी पनि गराइएको छ । विद्यार्थीहरुलाई खोप लगाउन आउँदा विद्यालयले कसरी समन्यव गर्ने र विद्यार्थीलाई कसरी सुरक्षीत राख्ने भन्नेबारेमा प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधीलाई जानकारी गराइएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो ।

दमक नगरपालिकाले २०६६ साल माघ महिनामा सम्ममा जन्मेकाहरुले मात्र खोप लगाउन पाउने भनेकोले त्यस अनुसार विद्यार्थीको जन्ममिती प्रमाणीत गर्न विद्यालयका शिक्षकहरुले सहजीकरण गर्न सक्ने उहाँले बताउनु भयो । विद्यालय बाहिरका बालबालिका भएमा अभिभावकको रोहबरमा मात्रै खोप लगाइने बताउँदै भट्टराईले बालबालिकाको उमेर प्रमाणीत हुने जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्र अनिवार्य लिएर आउन पनि अनुरोध गर्नु भएको छ । विद्यार्थीलाई मोर्डना कम्पनीको पहिलो मात्राको खोप लगाउन लागिएको हो ।

यो खोप लगाइसकेपछि दमकका विद्यालय सुरक्षीत हुने भन्दै चाँडै विद्याल सञ्चालन पनि गर्न सकिने नगरको शिक्षा शाखाले जनाएको छ । अहिले विद्यालयका विद्यार्थी र शिक्षकलाई सुरक्षीत गर्ने काममा केन्द्रित भएको बताउँदै शाखा प्रमुख दिनेश न्यौपानेले सबैलाई सुरक्षीत बनाइसकेपनि सहज रुपमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाइने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,