भद्रपुर, ७ चैत – सामाजिक सञ्चालमार्फत् गालीगलौज, चरित्रहत्यादेखि विभिन्न आपराधिक घटनासमेत हुन थालेपछि प्रहरीले त्यस्ता घटनामा संलग्नको खोजी गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
यसै क्रममा विदेशमा बसेर सामाजिक सञ्जालमार्फत् झापाका विभिन्न राजनीतिक व्यक्तिहरुका साथै सुरक्षाकर्मीहरुको चरित्रहत्या गर्दै आएका हल्दीबारीका २३ वर्षीय नवराज ओली उर्फ ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट नेपाल आई काठमाडौंमा लुकिछिपी बसेका ओलीलाई प्रहरीले सोह्रखुट्टेबाट पक्राउ गरी झापा ल्याएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै राजनीतिक दलका नेताहरुमाथि तथ्यहीन आरोप लगाएको भन्दै ओलीलाई अभद्र कसुरमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो । ओलीले गोलधाप प्रहरीलाई फोन गरी धाकधम्की दिएको, अश्लील शव्दहरु प्रयोग गरेको उजुरी परेको थियो । पक्राउ परेका ओलीविरुद्ध अन्य व्यक्तिहरुले समेत साइवर अपराधसम्बन्धी उजुरी दिइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी
काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको








