भद्रपुर, ७ चैत – सामाजिक सञ्चालमार्फत् गालीगलौज, चरित्रहत्यादेखि विभिन्न आपराधिक घटनासमेत हुन थालेपछि प्रहरीले त्यस्ता घटनामा संलग्नको खोजी गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
यसै क्रममा विदेशमा बसेर सामाजिक सञ्जालमार्फत् झापाका विभिन्न राजनीतिक व्यक्तिहरुका साथै सुरक्षाकर्मीहरुको चरित्रहत्या गर्दै आएका हल्दीबारीका २३ वर्षीय नवराज ओली उर्फ ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट नेपाल आई काठमाडौंमा लुकिछिपी बसेका ओलीलाई प्रहरीले सोह्रखुट्टेबाट पक्राउ गरी झापा ल्याएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै राजनीतिक दलका नेताहरुमाथि तथ्यहीन आरोप लगाएको भन्दै ओलीलाई अभद्र कसुरमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो । ओलीले गोलधाप प्रहरीलाई फोन गरी धाकधम्की दिएको, अश्लील शव्दहरु प्रयोग गरेको उजुरी परेको थियो । पक्राउ परेका ओलीविरुद्ध अन्य व्यक्तिहरुले समेत साइवर अपराधसम्बन्धी उजुरी दिइरहेको प्रहरीले जनाएको छ ।

कार्यस्थलको असुरक्षा र जोखिमबारे चर्चा
विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपालीहरू दुर्घटना, शोषण र मृत्युसम्मका घटनाहरूको शिकार बन्न पुगेका छन्।