भर्ना भएका आधा विद्यार्थी पनि परीक्षामा हुँदैनन् सहभागी

विद्यालयमा विद्यार्थीको ‘ड्रप आउट’ डरलाग्दो

दमक, चैत्र ८

कक्षा एकमा भर्ना भएका आधा विद्यार्थी पनि कक्षा १० को अन्तिम परीक्षा एसईई सम्म पुग्न सफल भएका छैनन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षामा पुगेका विद्यार्थी २०७२ मा कक्षा एक मा भर्ना भएका हुन् ।

शिक्षा मन्त्रालयका अनुसार २०७२ मा नौ लाख २७ हजार नौ सय ९३ जना विद्यार्थी कक्षा एक मा भर्ना भएकोमा यस वर्ष नियमित तर्फ चार लाख १८ हजार तीन सय ५५ विद्यार्थी अर्थात ४५ प्रतिशतले मात्रै परीक्षा दिँदै छन् । मन्त्रालयका अनुसार कक्षा १ मा भर्ना हुँदा चार लाख ६० हजार पाँच सय २७ छात्रा रहेकोमा अहिले परीक्षा दिने दुई लाख १६ हजार १२ अर्थात ४६.९० प्रतिशत मात्रै सहभागि भएका छन् । त्यस्तै चार लाख ६७ हजार चार ६६ छात्र भर्ना भएकोमा यस वर्ष परीक्षा दिनेमा दुई लाख २० हजार सात सय १८ अर्थात् ४७.२१ प्रतिशत छन् । परीक्षामा ३० जना अन्य समूहका विद्यार्थी पनि सहभागि हुँदै छन् ।

 

बिहीबारबाट शुरु २०८१ को परीक्षा २०७९ केन्द्रमा छ । पाँच लाख १४ हजार १७ परीक्षार्थी एसईईको ग्रेडबृद्धिमा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

परीक्षा दिनेमा छात्र भन्दा छात्रा बढी छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई लाख ५७ हजार सात सय ३० छात्रा, दुई लाख ५६ हजार तीन सय ११ छात्र र ११ जना अन्य ३० जनाले परीक्षा आवेदन फारम भरेका छन् ।

 

यस बर्ष एचआइभी संक्रमित भएको पहिचान खुलाएर चार जनाले परीक्षा दिइरहेको उनले बताए । काठमाडौंको कीर्तिपुर स्थित एचआइभी सफलता शिक्षा सदनबाट चार जनाले परीक्षा दिँदै छन् । त्यस्तै देशभर २५ जना दृष्टिविहीन पनि सहभागि हुँदै छन् । मदरसाबाट ३५ र गुम्बाबाट २४ जना परीक्षार्थी सहभागि हुँदै छन् ।

 

परीक्षालाई व्यवस्थित बनाउन देशभर ७७ हजार आठ सय १७ जना जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ । एउटा परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी व्यवस्था गर्दा ३१ हजार एक सय ८५ प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै २ हजार ७९ केन्द्राध्यक्ष, तीन हजार चार सय २७ सहायक केन्द्राध्यक्ष, पाँच हजार एक सय ४१ परीक्षा सहयोगी परिचालन गरिएको छ । २० जना बराबर एक जना निरिक्षकको व्यवस्था गर्दा देशभर २५ हजार सात सय चार जना निरिक्षक परीक्षा व्यवस्थित गर्न परिचालन भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,