वीपी राजमार्ग पुनर्निर्माण सुरु

वीपी राजमार्ग पहिलेभन्दा बलियो गरी पुनर्निर्माण हुँदै

दमक, चैत्र ८

काठमाडौंलाई पूर्वीनेपालसँग जोड्ने वीपी राजमार्ग पुनर्निर्माण गर्न सडक विभागले काम सुरु गरेको छ।

 

 

गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति वीपी राजमार्गमा भएको थियो ।

 

 

गत असोजको वर्षाले वीपी राजमार्गको २८ किलोमिटर सडक पूर्णरूपमा भत्काएको थियो। वीपी राजमार्ग बनाउने जिम्मा लिएको सडक डिभिजन भक्तपुरका आयोजना प्रमुख सुमन यागेशका अनुसार अब निर्माण हुने राजमार्ग दुई लेन अर्थात् नौ मिटर चौडाइको हुने छ।

 

 

‘दुई वर्षभित्र काम सक्ने गरी निर्माण अघि बढाएका छौं। काम सकियो भने पहिलेको जस्तो वर्षा आए पनि वीपी राजमार्गमा क्षति हुने छैन। पहिलेभन्दा बलियो गरी पुनर्निर्माण गर्दै छौं’, सुमनले बताउनु भयो ।

 

 

जाइकाको टोली गत कात्तिक ११ र १२ गते क्षतिग्रस्त वीपी राजमार्गको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर फर्किएको थियो।

 

 

सडक डिभिजन भक्तपुरका अनुसार काभ्रेको डालाबेसीदेखि चार सय बेँसीसम्म ८.५ किमि सडक पुनर्निर्माण गर्न ठेक्का आह्वान भइसकेको छ। यसको अनुमानित लागत साढे दुई अर्ब रूपैयाँ राखिएको छ। खोलाको किनाराबाटै पर्खाल उठाएर यसको पुनर्निर्माण गरिने भएको छ।

डिभिजनका अनुसार काभ्रेको चार सय बेंसीदेखि भकुन्डेबेसीसम्म ११ किमि सडकमा आजभोलि नै ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो।

 

 

२०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरिएको थियो। २०७२ सालको भूकम्पबाट वीपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ