प्रथम’ फुल इन्टरनेशनल स्कुल अवार्ड’

रेडस्टारलाई इन्टरनेशनल स्कुल अवार्ड

 

 

 

पथरी  पथरीशनिश्चरेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक स्कुलले अन्तर्राष्ट्रिय स्कुल (आइसए) अवार्ड पाएको छ ।

स्कुलले अन्तर्राष्ट्रिय अवार्डका लागि विद्यार्थीहरूसँग सम्बन्धित कामको विभिन्न प्रोजेक्टहरूको निर्माण गरेपछि अन्तर्राष्ट्रिय ब्रिटिस काउन्सिलले ‘२०२१–२०२४ ‘प्रथम’ फुल इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गरेको हो । यो सँगै रेडस्टार इन्टरनेशनल स्कूल अवार्ड (२०२१–२०२४) पाउने पूर्वी मोरङमै पहिलो स्कुल भएको छ ।

विद्यालयले पाठ्यक्रमसँग सम्बन्धित विभिन्न समयमा ८ वटा विषयको प्रोजेक्ट सम्पन्न गरेको थियो । नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव संसाधन केन्द्रको संलग्नता र ब्रिटिस काउन्सिल नेपालको आयोजनामा एक समारोहका बीच भर्चुअल माध्यमबाट स्कुललाई माघ ११ गते अवार्ड प्रदान गरेको हो ।

अवार्डमा नेपाल सरकार मातहतको मानव संसाधन विकास परियोजनाका निर्देशक चूडामणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भर्चुअल कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका  कन्ट्री डाइरेक्टर साइदा मेकडोगल र साउथ एसिया ब्रिटिस काउन्सिलकी रिजनल एजुकेशन एन्ड इङ्लिस एकेडेमी लिड एमिला सहभागीमा थिए । नेपालका ५३ वटा स्कुलले अवार्ड पाएका थिए ।

विद्यार्थीहरूले समुदाय र समुदायको निकटमा रहेका वन, वनस्पति, वन्यजन्तु र संस्कृतिको बारेमा अनुसन्धान तथा प्रयोगात्मक क्रियाकलापहरूको सिकाइ, स्थानीय साकेला (चण्डी) नाचको सांस्कृतिक महत्व र उपादेयतालाई अझ धेरै बढाउने उद्देश्यले  साकेला नाचलाई पनि परियोजनामार्फत् सिकाइ, वातावरण स्वच्छता र शुद्धताका लागि स्थानीय क्षेत्रमा उपलब्ध हुने सखुवा वा अन्य कुनै पनि बिरुवाको पातको प्रयोग गरी वातावरण प्रदूषण नियन्त्रण गर्न सकिने र आफ्नो संस्कार–संस्कृति जोगाउन सकिने  व्यावहारिक जोवन उपयोगी ज्ञान र सीप प्रदान गरिएको कुरा दुना, टपरी गाँस्नेलगायत ८ वटा प्रोजेक्ट गरेका थिए ।

ब्रिटिस काउन्सिलले पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागको प्रत्यक्ष निगरानीमा विद्यालयस्तरमा पठन–पाठन गराइने शिक्षण पद्दतिमा विश्वव्यापीकरण गर्दै एक देशको शिक्षण पद्दति अर्को देशको विद्यालयसँग जोड्दै विद्यालयमा परियोजनात्मक माध्यमबाट जीवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ ।

ब्रिटिस काउन्सिलले सन् २०१२ देखि देशभरिका उत्कृष्ट विद्यालयहरूलाई ३ वर्षका लागि आइएसए अवार्ड प्रदान गर्दै आएको छ । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव संसाधन केन्द्रको संयुक्त सहयोग र  ब्रिटिस काउन्सिल नेपालको आयोजनामा एक समारोहका बीच भर्चुअल माध्यममार्फत् नतिजा सार्वजनिक गरिएको रेडस्टार स्कुलका प्रबन्ध निर्देशक÷प्रिन्सिपल टेकनाथ तिम्सिनाले जानकारी दिए ।

रेडस्टारका विद्यार्थीहरूले पनि विश्वव्यापी रूपमा एउटा देशका विद्यार्थीहरूले आफ्नो कक्षाकोठाबाट अर्को देशका विद्यार्थीहरूसँग विभिन्न परियोजनात्मक क्रियाकलाप गरेर सिकेको सांस्कृतिक परम्परा तथा जीवनोपयोगी ज्ञान र सीपलाई विश्वका अन्य मुलुकहरूसित आदान–प्रदान गर्दै शिक्षा ग्रहण गरेका रेडस्टार स्कुलका प्रबन्ध निर्देशक/प्रिन्सिपल तिम्सिनाले बताए ।

विद्यालयले पाठ्यक्रमसँग सम्बन्धित प्रोजेक्ट निर्माण गर्दा भारत, पाकिस्तान लगायतका विद्यार्थीहरूसँगको संयुक्त परियोजना सञ्चालनसमेत गरिसकेका छौं ।

जसमा विद्यार्थीहरूले विदेशी विद्यालयका विद्यार्थीलाई अङ्ग्रेजी तथा नेपाली भाषाको माध्यमबाट विद्यार्थीहरूले आफ्नो सिकाइलाई अर्को अन्तर्राष्ट्रिय स्कुलका विद्यार्थीहरूसँग आदान–प्रदान गरेको रेडस्टार स्कुलका आइएसए संयोजक राजु तिमिल्सिनाले बताए । उनले विद्यालयमा नियमित रूपमा उत्कृष्ट अङ्कलाई आत्मसात गर्दै असल संस्कारसहितको जीवनोपयोगी शिक्षामा जोड दिँदै अवार्डको लागि प्रोजेक्टहरू अगाडि बढाएको बताए ।

गत वर्ष कक्षा १२ मा व्यवस्थापनतर्फ विनिता धिमाल प्रदेशमै उत्कृष्ट अङ्क ल्याउँदै पहिलो बनेकी थिइन् । स्कुलले १६ जना राष्ट्रियस्तरका खेलाडी उत्पादन गरिसकेको छ । २०६९ मा ११ कक्षा सुरु गरेको विद्यालयमा अहिले कक्षा ११ मा २ सय ८६ र १२ मा २ सय ८० जना छात्रछात्राहरू अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १० सम्म ७ सय ५० जना छात्रछात्राले अध्ययन गरिरहेका छन् ।

५ वर्षअघि स्कुलका प्रबन्ध निर्देशक÷प्रिन्सिपल टेकनाथ तिम्सिना र वसन्त मादेनको टिमले विद्यालय सञ्चालनको जिम्मा लिएपछि छोटो समयमै रेडस्टार स्कुललाई शैक्षिक ‘हब’ को रूपमा विकास गर्दै लगेको दाबी गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन