अनुशीलन

जसले सीताराम ताजपुरिया र गौरादहलाई सर्वत्र चिनायो

ताजपुरियाकाे सम्मानमा स्थानीयले उहाँकै घर अगाडि ‘सीताराम ताजपुरिया चोक’ नामाकरण गरेर फोटोअंकित बोर्ड नै टांगिदिएका छन् । घरको सिरानमा मुलढोकामाथि ‘गौरादहको बजारमा’…गीतको स्थायी कुँदिएको छ ।

दमक, चैत १२
गीत संगीतको प्रभाव कस्तो हुँदो रहेछ भन्ने कुरा त्यो बेलाको झापाको गाउँको एउटा कुनामा बस्दै आएका आदिवासी समुदायका सीताराम ताजपुरियालाई हेरे पुग्छ । आफु जन्मे हुर्केको बाउँबाजेको थलो झापाको ‘गौरादह’लाई गीतमा जोडेपछि उहाँसँगै गौरादहको पनि चिनारी बढ्यो र दुबै देश विदेशमा चर्चाको उचाईमा पुगे ।

 

२०१५ भदौ २० गते माता पार्वती र पिता बुद्धलाल ताजपुरियाका चार छोरामध्ये कान्छो सन्तानका रुपमा जन्मिनु भएका उहाँले निकै संघर्ष गरेर ०३७ सालमा रेडियो नेपालको लोक र आधुनिक दुबै गीतमा एकसाथ स्वर परीक्षा उत्तीर्ण गरेपछि त्यहीँ जागिरे जीवन विताउने समेत अवसर मिल्यो । ताजपुरिया जातिबाट सबैभन्दा पहिले रेडियो नेपालमा गीत रेकर्ड गराउने र जागिरे जीवनको इतिहास बनाउनु भएका उहाँले ३५ वर्ष रेडियो नेपाल काठमाडौंमा काम गर्नुभयो । रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाइ टुङ्ग्याएर उहाँ पत्नी लक्ष्मी ताजपुरियासँग आफ्‌नो पहिचान बनेको त्यही गौरादहमा अवकासप्राप्त जीवन विताइरहनु भएको छ ।

 

निम्न वर्गीय परिवारका पिता बुद्धलालको गीत संगीतमा भएको रुचीबाट प्रेरणा भरेर सीतारामले सानैदेखि भाडाकँुडा र डेस्क बेञ्च बजाउँदै भएपनि गीत गाउने गर्नुभयो । उहाँ दौडमा पनि अब्बल रहेको अवस्थामा विद्यालयका गुरुको सुझाव अनुसार उहाँले गायनतर्फको यात्रा मात्र रोज्नुभयो ।

 

०३७ सालमा रेडियोमा सुरुमा ताजपुरिया भाषाको गीत रेकर्ड भयो । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ बोलको गीत नै उहाँको मुख्य चिनारी बन्यो । भोजराज काफ्‌लेको शब्दको चारदिनको बाटो कटारी बजार, इन्द्र न्यौपानेको छिटको साडी चौबन्दी चोलीमा साथै अन्य अधिकांश आफ्‌नै शब्द संकलनका लोक तथा ३० वटा आधुनिक, २० वटा ताजपुरिया भाषाका गरी २ सयको हाराहारीमा उहाँका गीत रेडियो नेपालमा रेकर्ड छन् ।

 

०५७ सालमा तात्कालिन राजा वीरेन्द्रबाट गोरखा दक्षिणबाहु समेत प्राप्त गर्नुभएका उहाँले लोकतन्त्रपछि सञ्चारमन्त्रालयबाट सेवा पदक पनि प्राप्त गर्नुभयो । रेडियो नेपाल, गौरादह नगरपालिका, नझरेका फूलहरु विराटचोक, साहित्यक कला संगम दमकसहित दर्जनौं राष्ट्रिय तथा स्थानीय सम्मान प्राप्त गर्नुभएका उहाँका हालसम्म ३ वटा गीती एल्बम बजारमा आए । ताजपुरिया भाषाकोे ‘पेञ्जारिर सभाङ मैना पंखी’, म्युजिक नेपालबाट ०४२ सालताका ‘सीताराम ताजपुरियाका लोक गीतहरु’ र ०५० ताका लोकगीतकै एल्बम ‘चाहिने कुरा’ निस्कियो ।

 

उहाँले आफूले जीवनमा भेटेका महत्वपूर्ण अग्रज सर्जकहरुसँगको फोटोलाई घरभरी सजाएर राख्दै उहाँहरुको कदमलाई आत्मसाथ र सम्मान गर्नुभएको छ । नेपाली गीतसंगीत र चलचित्र क्षेत्रका स्टारहरु उहाँको घरसम्म आएर उहाँप्रति श्रद्धा अर्पण गर्नुभएको छ । अर्कातर्फ, उहाँको सम्मानमा स्थानीयले उहाँको घर अगाडि ‘सीताराम ताजपुरिया चोक’ नामाकरण गरेर फोटोअंकित बोर्ड नै टांगिदिएका छन् । घरको सिरानमा मुलढोकामाथि ‘गौरादहको बजारमा’…गीतको स्थायीलाई कुँदिएको छ ।

 

 

उहाँ विगत ४ वर्षदेखि मधुमेहको समस्या निकै बढेर आँखा देख्नमा कठिनाई भइरहेको छ । वरपरका केही कार्यक्रमहरुमा आयोजकले घरमै आएर डोर्याएर लाने र ल्याउने प्रवन्ध गर्दै उहाँको गीत संगीतप्रतिको योगदानप्रति थप सम्मानित गर्ने काम भइरहेको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भिडियो अन्तर्वाता यहाँ प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ