ज्योति मगर प्रमुख आकर्षक

आदिवासी जनजातिको १५ दिने महोत्सव

बिभिन्न पोशाक, परिकार र व्यापारिक स्टलहरुको अवलोकन तथा साँझको समयमा साङ्गीतिक कार्यक्रम हुनेछ । महोत्सवमा गायिका ज्योती मगर सहित अन्य चर्चित राष्ट्रिय कलाकार प्रमुख आकर्षक रहने छन् ।

 

दमक, चैत १४/ ‘भेष भुषा रहन–सहन आदिवासीहरुको पहिचान हुन्, आदिवासीहरुको भाषा सस्कृति राष्ट्रका सम्पत्ती हुन्‌’ भन्ने मुल नारा सहित दमकमा आदिवासी जनजाती सांस्कृतिक महोत्सव हुने भएको छ । यहि चैत २१ बट सुरु हुने यो महोत्सवमा राष्ट्रिय कलाकार सहित विभिन्न जात जातीका झाँकी, नृत्य र सांस्कृतिक प्रस्तुति हुने छन् ।

 

बिभिन्न पोशाक, परिकार र व्यापारिक स्टलहरुको अवलोकन तथा साँझको समयमा साङ्गीतिक कार्यक्रम हुनेछ । महोत्सवमा गायिका ज्योती मगर सहित अन्य चर्चित राष्ट्रिय कलाकार प्रमुख आकर्षक रहने छन् ।

 

नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो ।

 

पत्रकार सम्मेलनमा बोल्दै महासंघ दमकका अध्यक्ष अम्बरबहादुर कुमालले दमकमा ३५ जातिहरुको बसोबास रहेको र ती जातीहरुको संस्कार, संस्कृति, रहनसहन, खानपान र भेषभुषाको पहिचान गराउँदै संरक्षण सम्वद्र्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

 

महोत्सवमा पूर्वमा रहेका बिभिन्न पर्यटकीय क्षेत्रहरुको समेत पहिचान गराउँदै पूर्वमा भएको औद्योगिक विकास, व्यापार व्यवसाय र सीपकलाहरुको प्रदर्शन गर्दै प्रचार गर्ने समेत लक्ष्य राखिएको जनाइएको छ ।

 

महोत्सवमा आदिवासी जनजातिहरुको लोक नृत्य प्रतियोगिता, दैनिक दुईवटा जातिहरुको संस्कार र संस्कृति पहिचान हुनेगरी क्रियाकलाप, आदिवासी जानजातिहरुको ज्ञान सीप कलाहरुको उत्पादित वस्तुहरुको प्रर्दशनी तथा बिक्री स्टल समेत रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,