भुटानी शरणाार्थीका पींडा

अमेरिकाले भुटान पठायो, भुटानले नेपाल पठायो, नेपालले पक्राउ गर्‍यो

नेपालको कूटनैतिक कमजोरी र द्रब्य लालसाले यो स्थिति जन्माएको हो । त्यसैले, यो मुद्धा अन्तराष्ट्रिय अदालतमा उठानुबाहेक अर्कों विकल्प छैन ।’

दमक, चैत १६
आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा अमेरिकी सरकारले त्यहाँ पुनर्वास भुटानी शरणार्थीलाई भूटान फिर्ता ल्याएर सरकारलाई जिम्मा लगायो । भुटानले जिम्मा लिएलगत्तै भारततर्फ ल्याएर छोड्यो । त्यसपछि भारतले आफ्‌नो सीमा कटाएर काँकडभिट्टा हुँदै नेपाल भित्र्याइदिएपछि नेपालले उनीहरुलाई पक्राउ गर्‍यो ।

भूटानले सन् १९९०/१९९१ मा नेपालीभाषीलाई यसैगरी आफ्‌नो देशबाट लखेटेर भारत ल्याएर छोडेको र भारतले उसैगरी आफ्‌नो सीमाना कटाएर नेपाल पठाएको थियो । त्यसपछि १ लाख बढीको नेपालका शिविरमा कष्टकर जीवन गुज्रिइरहेको थियो । त्यस अवस्थामा भुटानले स्वेदश फर्किन नदिएपछि वाध्यताबस आइओएममार्फत अमेरिकासहितका ८ मुलुकमा उनीहरुलाई पुनर्वास गराइएको थियो । अब अमेरिकाले त्यहाँको नागरिक भइसकेका उनीहरुलाई नै फेरि शरणार्थी बनाएर पठायो । उही आफ्‌नो पहिलेको शिविरमा आइपुग्दा नेपाल सरकारले पक्राउ गरेको यो घटना सुन्दा चलचित्रको कथाजस्तो लाग्छ । अर्थात मानवलाई कुनै पशु सरह खेलाउँदै उनीहरुको मानवअधिकारमाथि अमानवीय प्रहार भएको घटना यो बेला चर्चाको र चिन्ताको विषय बनिरहेको छ ।

अमेरिकी सरकारले अवैध रुपमा बसोबास गर्दै आएका अन्य देशका नागरिकलाई आफ्‌नै देश डिपोट गर्दै आएको परिवेशमा आफैंले लगेर पुनर्वास गराएकामध्ये ४ जना भुटानी शरणार्थीलाई आपराधिक गतिविधि गरको अभियोग लगाउँदै गत बिहीबार अमेरिकी बिमानमा भारतको नयाँदिल्ली ट्राञ्जिट गर्‍यो । शुक्रबार भुटानको पारो बिमानस्थलमा ल्याएर भुटानलाई जिम्मा लगायो । भुटानले तत्कालै उनीहरु आफ्‌नो नागरिक नभएको अर्थमा नेपालकै शिविरमा जान आफ्‌नो सीमाना कटाएर छोड्यो । राति भारतीय सुरक्षाकर्मीले पनि आफ्‌नो सीमाना कटाएर नेपालतर्फ ल्याएर छोडे । शुक्रबार बिहान उनीहरु आफू पहिले बसेको शिविर दमकस्थित बेलडाँगी आइपुगे । तर नेपाल प्रहरीले ती मध्ये ३ जनालाई पक्राउ गरेपछि उनीहरु अत्यन्तै विलखबन्दमा परेको अमेरिकामा पुनर्वास भुटानी पत्रकार अर्जुन प्रधानले दृष्टान्त उल्लेख गर्नुभयो । ‘यो खाले कार्यले उनीहरु यसैपनि समस्यामा परे । त्यसमा पनि भुटानसम्म आउँदा उनीहरुको नाम, फोटोसहितको गोपनियता कायमै थियो भनें त्यसपछि नेपाल आएपछि उनीहरुको नाम र चिनिनेगरिको फोटो सार्वजनिक गरेर सामान्य मानवअधिकारको समेत रक्षा नगरेर अझ मानसिक तनाब दिने काम भएको देखिन्छ ।’– उहाँले दुःख व्यक्त गर्नुभयो । ‘डिपोर्ट’मा परेका थप २ जना भुटानी शरणार्थी आइतबारसम्म पारो विमानस्थल उत्रिने जनाइएको छ ।

झापा प्रहरी प्रवक्ता वसन्त पाठक थापाले शनिबार पत्रकारहरुलाई प्रेस नोट पठाउँदै अमेरिकाबाट नेपालका शिविरमा छिरेका ३ जनालाई पक्राउ गरिएको जानकारी गराउनु भएको छ । प्रेस नोटमा भनिएको छ ‘देश अमेरिकाबाट बिभिन्न देश हँुदै भुटानी शरणार्थीहरु अबैधरुपमा नेपाल छिरी मिति २०८१।१२।१५ गते जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शिविरमा आइपुगी बसिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१६ गते अन्दाजी दिउँसो २ बजेको समयमा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।’
तामाङ, दर्जी र सुवेदी थरका निजहरुलाई आवश्यक कारवाहीका लागि अध्यागमनको कार्यालय काँकडभिट्टामा पठाइएको झापा प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

भुटानले स्वदेशमा नस्वीकारेको र भारतले समेत भुटानी शरणार्थीलाई त्यहाँ शरण नदिने भएपछि भारत आइपुगेका भुटानीहरू नेपाल प्रवेश गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीले समेत सीमामा उच्च निगरानी बढाएको छ । अमेरिका पुनर्वास भएर शिविरमा फर्काइएकाहरुको कानुनी तथा जिविकोपार्जनको जटिलता थपिने भएको छ ।

दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गरी शरणार्थी समस्या सुरू भएको ३५ पछि पहिलो पटक भुटानले अमेरिकासँग ‘आफ्नो नागरिक’ स्वीकार्दै डिपोटको लागि अनुमति दिएको थियो । त्यसअघिका शरणार्थीका विषयमा नेपाल र भुटानबीच १७ औं चरणका बार्ता विफल बनेपछि तेस्रो मुलुक पुनर्वासको विकल्प एक्कासी अघि बढाइएको थियो ।

अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)’ले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पुरानो रेकर्ड तथा अदालती फैसलाका आधारमा पछिल्लो दुई महिनामा ४० भन्दा बढी भुटानी शरणार्थी पक्राउ गरेको छ । अमेरिकी नागरिक पनि नबनेका र साथमा ग्रिनकार्ड पनि नरहेका यस्ता व्यक्ति पक्राउ हुने क्रम अहिले पनि जारी रहेको उल्लेख छ ।


घटनाको निन्दा

ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) का संस्थापक तथा विश्व संयोजक राम कार्कीले यो घटनालाई दुःखद खबरका रुपमा उल्लेख गर्नुभएको छ । ‘दुःखद खबर : दशकौंको इन्कारपछि भुटान अन्ततः यी शरणार्थीहरूलाई नागरिकको रूपमा स्वीकार्न बाध्य भयो । तैपनि, भुटानले उनीहरूलाई पाउनुपर्ने सम्मान र अधिकार प्रदान गर्नुको साटो फेरि एकपटक उनीहरूलाई दखल गरेको छ र निर्दयतापूर्वक भारतमा फ्याँकेको छ ।’– उहाँ लेख्नुहुन्छ ‘यस्ता कार्यहरू सभ्य राष्ट्रको आचरणबाट टाढा छन् । यो व्यवहार अस्वीकार्य छ र यसले भुटानको मानव अधिकार र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई कमजोर रूपमा प्रतिबिम्बित गर्दछ ।’

नेपाली साहित्य परिषद भुटानका अध्यक्ष गंगाराम लामिटारेले पनि अमेरिकाले आफैं पुनर्वास गराएर लगेकाहरुलाई यो खाले हालत बनाएकोप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँ फेसबुक वालमा लेख्नुहुन्छ ‘अमेरिकालाई पनि देखाइदियो दादागिरी । भारतले बोकुञ्जेल यो दादागिरी चलिरहनेछ । नेपालमा आन्दोलन चलिरहेको मौका छोपेर नेपाल पठायो । नेपाल चनाखो हुनुपर्छ । यो सबै नेपालकै गल्तिका कारण यो स्थिति आएको हो ।’ उहाँले अगाडि थप्नुभयो ‘सन् १९८९ मा शरण माग्न आएका रिजाललाई भुटान सुपुर्दगी नगरेको भए आज यो स्थिति आउने थिएन । नेपालको कूटनैतिक कमजोरी र द्रब्य लालसाले यो स्थिति जन्माएको हो । त्यसैले, यो मुद्धा अन्तराष्ट्रिय अदालतमा उठानुबाहेक अर्कों विकल्प छैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आँबुखैरेनी र देवघाटमा २८ शव फेला

तनहुँ ,१२ भदौ । तनहुँको आँबुखैरेनी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । बुधबार

राहत र उद्धारमा बागमती सरकार फिल्डमै

काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२

बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारीको उद्धार तीव्र

काठमान्डौ ,१२ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री,

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, १५ ढोका खोलियो

सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल