रणनीतिक सडक सञ्जाल

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने

याे कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पुर्‍याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवद्र्धन गर्न मद्दत गर्छ।
विश्व बैंक सहयोग

दमक, चैत्र १७/  विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो।

 

सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ। नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक विस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताउनु भयो ।

 

नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको लागि आधारभूत छ। यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पुर्‍याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवद्र्धन गर्न मद्दत गर्छ।

 

विस्वास गरिएको छ । विश्व बैंकका अनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्नेछ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ

नेपालमा भारतीय फरेन्सिक टोली परिचालन, केका लागि आयो टोली?

काठमाडौँ , भदौ १४ । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ। नेपाली सेना,

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।

प्रहरीको दुई सहित ९ जनाको पहिचान(नामावलीसहित)

रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका