जनचेतना फैलाउन सके मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने

झापामा हात्तीको त्रास, ६४ जनाको मृत्यु

हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ ।

,
दमक, चैत्र ८/ बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६४ जनाले ज्यान गुमाएका छन ।

गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालका अनुसार यस अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ ।
२०६२ सालदेखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको पनि उहाले बताउनु भयो ।

पशु चिकित्सक भालका अनुसार हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ ।

तत्कालीन उपायको रुपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने डा. भालको तर्क छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तीबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुई जना घाइतेलाई दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई रु २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।  

कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चार जना मृतकको परिवारलाई जनही १० लाखका दरले ४० लाख र ३३ जना पीडितलाई  ५२ लाख ९९ हजार नौ सय २८ राहत वितरण गरिएको छ ।

पशुचिकित्सक डा. भालका अनुसार मृतकका परिवारलाई जनही १० लाख, घाइतेलाई अवस्था हेरी दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम् २० हजारसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितको सेवामा काठमाडौं महानगरका ७ एम्बुलेन्स परिचालन : सुनिता डंगोल

काठमाडौं , भदौ १४ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै

बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ

नेपालमा भारतीय फरेन्सिक टोली परिचालन, केका लागि आयो टोली?

काठमाडौँ , भदौ १४ । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ। नेपाली सेना,

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।